
Ses
Ksbus
Rsbus
Gms
Gis
Nssbush
Gsbus
ebg
Ssbus
Gsbus
Gis
Ssbus
Ksbus
Lsbus
Ksbus
bpmhl
Gsbus
Pbu
Gis
Gsl

Sls
Rgu
Ggd
Pvg
Gst
Bbu
Bbbpu
Wsp
Asm
nsb
Rgs
Vor
Rgu
Sbs
Ksm
Tsm
Rsb
Hal
Ssm

Gsb
Rmb
sab
Jmb
Jmb
Abd
Bml
bbt
Rpp
Mks
Pls
Syp
Ptm
दाङ । देउखुरीको लमहीमा आईतबारदेखी शुरु भएको प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा कर्णाली प्रदेशले जित हाँसिल गरेको छ ।
सुदुरपश्चिम प्रदेशलाई ७९ रनले हराउँदै कर्णाली प्रदेशले बिजयी शुरुवात गरेको हो । १ सय ५६ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम प्रदेश २१ ओभरमै सवै विकेट गुमाउदै मात्र ७६ रनमा समेटियो । देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ थालेको कर्णाली प्रदेशले ४० दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५५ रनको योगफल तयार गर्यो ।
योगफल तयार गर्न कर्णालीका अर्जुन घर्ती मगरले सर्बाधिक ७१ रनको योगदान दिए ।त्यस्तै दिनेश अधिकारीले १७ रन, दीवान पुनले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कर्णालीलाई सामान्य लक्ष्यमा रोक्न सुदुरपश्चिमका हेमन्त धामीले महत्वपूर्ण ४ विकेट लिए । त्यस्तै नारायण जोशीले २ विकेट लिदा शेर मल्ल, मिलन बोहोरा, भोजराज भट्टले समान १/१ विकेट लिए ।
त्यस्तै १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले पहिलो ५ ओभर विना विकेटको क्षतिमा ३० रन बनाएर सुखद शुरुवात गरेपनि त्यसपछि विकेट पतन नराेकिँदा हार व्यहाेर्नु पर्यो । सुदुरपशि्चमका कुनै पनि ब्याटर क्रिजमा टिक्न नसक्दा पराजित हुन पर्यो । सुदूरपश्चिमलाई ७६ रनमा समेट्न कर्णालीका दीपेन्द्र रावतले सर्बोत्कृष्ट प्रदर्शन गर्दै ९ ओभरमा ३ मेडन सहित ३३ रन खर्चेर महत्वपूर्ण ७ विकेट लिएपछि जीत हाँसिल गरेको हाे ।
त्यस्तै दीवान पुनले २ विकेट लिए । सुदूरपश्चिमका लागि खडक बोहोराले २७ रन, किरण ठगुन्ना र शेर मल्लले समान १३/१३ रनको योगदान दिएपनि टिमलाई जित दिलाउन सकेनन् । उनी ब्याटर बाहेक सुदूरपश्चिमका अन्य खेलाडीले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । कर्णालीलाई महत्वपूर्ण जीत दिलाउन ७ विकेट लिएका दीपेन्द्र रावत प्लेयर अफ द म्याच घोषित भए । प्रतियोगिता ५०/५० ओभरको भएपनि समय अभाबका कारण ४३ ओभरमा घटाईएको थियो । प्रतियोगिता अन्तरगत सोमबार गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश बीच प्रतिष्प्रधा हुनेछ ।
दाङ सहितमा रुपन्देहीकाे सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ शुरु भएको प्रतियोगिता आगामी चैत १६ गतेसम्म चल्नेछ । ३ विभागीयसहित सात प्रदेश टीम सहभागी प्रतियोगिताका खेलहरु राउण्ड राेविनका आधारमा हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
यसैबीच,प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका हुन । देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरु भएको प्रतियोगिताको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ब्याटिङ र नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बलिङ गरेर प्रतियोगिताको शुभारम्भ गरिएको हो। प्रतियोगिताको शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले खेल पर्यटनले मुलुकको समृद्धि र विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए । खेल क्षेत्रको पूर्वाधार विकास, खेलाडीको क्षमता अभिवृद्धि र नयाँ खेलाडी उत्पादनका लागि सरकारले विशेष ध्यान दिएको उनको भनाइ छ ।
क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले काठमाडौं बाहिर पहिलोपटक लुम्बिनी प्रदेशमा मात्र प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आयोजना गरेर नयाँ इतिहास रचिएको बताए ।
