सागर थापा/सिधा-पत्र क्राइम बिट प्रमुख सोमबार, फाल्गुण २६, २०८१

बाँके । नेपालगन्ज दुर्घटना न्युनीकारण, सुरक्षित तथा मर्यादित यात्राका लागि प्रबिन आचार्यले महत्वपूर्ण भूमिका खेलेकोले सम्मान गरिएको सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद बेलवासेले बताए ।

’सुरक्षित र मर्यादित यात्राका लागि ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण रहन्छ । त्यसैमा प्रहरी बरिष्ठ नायब निरीक्षक आचार्यको भूमिका अति राम्रो देखिएको छ,’उनले भने,’बाँकेमा रहेर उनले एकदमै राम्रो भूमिका निर्वाह गरेको हामीले पायौ ।

आचार्यलाई लुम्विनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी दान बहादुर कार्कीले सम्मान पत्र प्रदान गरेका हुन् । सम्मान पत्र वितरण कार्यक्रममा डिआइजी कार्कीले राम्रो र उत्कृष्ट कार्य गर्ने प्रहरीलाई सम्मान गर्ने प्रहरी प्रधान कार्यालयको नीति रहेको बताए । उनले सम्मानले थप राम्रो काम गर्ने हौसला मिल्ने बताए । ’यो सम्मानले थप हौसला मिल्ने छ,’ उनले भने ।

सम्मान पत्र ग्रहणपछि आचार्यले सम्मानले अझ धेरै जिम्मेवारी थपेको धारणा राखे । उनले बाँकेको ट्राफिक व्यवस्थापनमा दिल ज्यान लगाउने जिकिर गरे । ’सम्मानले हौसलासंगै थप जिम्मेवारी थपेको छ । बाँकेको ट्राफिक व्यवस्थापनमा कुनै कसर बाँकी राख्ने छैन,’ उनले भने । ट्राफिक पोष्ट नेपालगंजको प्रमुख भएर आएपछि उनले नेपालगंजको ट्राफिक व्यवस्थापनमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]