अजय मिश्रा/कपिलवस्तु मंगलबार, फाल्गुण २०, २०८१

कपिलवस्तु । सशस्त्र प्रहरी बल,नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरबाट सोमबार कृष्णनगर नगरपालिका वडा नम्बर-२ ब्यारियर स्थित चेकपोस्टमा विशेष सूचनाको आधारमा अवैध सामान बरामद गरि कृष्णनगरदेखी चन्द्रौटा चल्ने यात्रुबाहक बसमा बसको सिटमुनी फल्स बक्स बनाई उक्त बक्स भित्र (साडी,लेडिज सुट,कुर्ता सुर्वाल,लेडिज अण्डर वियर, लेडिज वानपिस,चिसो पिय पदार्थ, ड्राई फ्रुट्स काजु, बदाम,पेस्ता र खजुर) आदी अबैध सामानहरु भारतबाट भन्सार छली ल्याउदै गरेको अन्दाजी मूल्य १,००,५००/- (एक लाख पाँच सय) बराबरको लत्ता कपडा र किराना सामान बरामद गरी कृष्णनगर भन्सार कार्यालय कृष्णनगरमा बुझाएको हो ।

साथै प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर मातहत बि.ओ.पि. भिल्मिबाट सशस्त्र प्रहरी नायब निरीक्षक बोम बहादुर सारुको गोसती टोलीले जिल्ला कपिलवस्तु महाराजगंज नगरपालिका-७ सतभरा स्थित ईलाकामा भारतबाट अवैध रूपमा नेपाल तर्फ ल्याइँदै गरेको अन्दाजी मूल्य रु.३२,२७१/- बराबरको ( गुल, बिडि, सुर्ति,,काजु बदाम) किराना सामानहरु बरामद गरी कृष्णनगर भन्सार कार्यालय आवश्यक कार्बाहीको लागी बुझाएको छ ।

त्यस्तै प्रस्तावत सीमा सुरक्षा गुल्म कृष्णनगर मातहत बि.ओ.पि.बिजयनगर कपिलवस्तुबाट सशस्त्र प्रहरी निरीक्षक देबेन्द्र बुढाथोकीको गस्ती टोलीले जिल्ला कपिलवस्तु बिजयनगर गाउँपालिका-२ लोहरौलामा भारतबाट अवैध रूपमा ल्याइँदै गरेको १५० के.जि. ब्रोइलर कुखुरा पक्राउ गरी स्थानिय जनप्रतिनिधिको र पशु क्वारेन्टाईन रोहबरमा नष्ट गरीएको र उक्त ढुवानीमा प्रयोग भएको मो.सा.आवश्यक कार्बाहीको लागी कृष्णनगर भन्सारमा बुझाएको छ ।

प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर मातहत बि.ओ.पि.हरु सहित २,३२,७७१(दुई लाख बत्तीस हजार सात सय एकहत्तर) बराबरको अबैध सामान र सावारी साधान कृष्णनगर भन्सार कार्यालयमा आवश्यक कार्बाहीको लागी बुझाएको छ ।

यस्तै सशस्त्र प्रहरी बलले अवैध सामान तस्करी रोक्न सीमा क्षेत्रमा कडा गस्ती जारी राखेको छ । यसरी पक्राउ गरिएका सामानहरू सम्बन्धित कार्यालयमा बुझाइएको छ र कानूनी कारबाही अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]