
Jsbr-3
Rksr-7
Usbl-7
Msbg-2
ksbl-7
Gsbr-6
Csbg-7
Gsbg-3
Jsbg-7
Pbu


सिन्धुली । दुधौली नगरपालिका वडा नम्बर–९ की १७ वर्षीया अनिसा सदाको हत्या गर्ने मृतककी श्रीमान सदालाई प्रहरीले पक्राउ गरेको छ ।
गएराति अनिसाको हत्या गरेको आरोपमा उनका श्रीमान दुधौली नगरपालिका वडा नम्बर–८ कछुवाखाडीका २२ वर्षीय दिनेश सदालाई प्रहरीले आज पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार दिनेशले गएराति घरछेउको भान्सामा घाँटी थिचेर श्रीमती अनिसाको हत्या गरेका हुन् ।
त्यस्तै सो घटनाबारे आज बिहान ७ बजे स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरी चौकी दुधौली र इलाका प्रहरी कार्यालय डकाहाबाट घटनास्थलमा गएको संयुक्त टोलीले अभियुक्त दिनेशलाई निजको घरबाट पक्राउ गरेको हो ।
यस्तै घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा आपसी मनमुटावका कारण श्रीमतीको घाँटी थिचेर हत्या गरेको देखिएको र दिनेशले श्रीमतीको हत्या गरेको भनी स्वीकारेकोे प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए । श्रीमतीको हत्या गरेको आरोप लागेका दिनेशलाई इलाका प्रहरी कार्यालय डकाहाको नियन्त्रणमा राखेर अहिले अनुसन्धानको काम भइरहेको छ ।
त्यस्तै घटनास्थलबाट मुचुल्का तयार गरी ‘पोष्टमार्टम’का लागि शव स्थानीय नगरअस्पताल सिर्थौलीमा लगिएको प्रहरीले जनाएको छ । करिब १० महिनाअघि दुधौली नगरपालिका वडा नम्बर–९ लालपुरकी अनिसासँग दिनेशले प्रेम विवाह गरेका थिए ।
