सन्तोष कुमार गुप्ता सोमबार, फाल्गुण १९, २०८१

दाङ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशले आज देखि शुरू गरेकाे चरणबद्ध निर्णायक आन्दाेलनकाे २४ घण्टा नबित्दै प्रदेश सरकारले उच्च स्तरिय वार्ता समिति गठन गरेकाे छ ।

सामुदायिक वन उपभोक्ता महासंघले राखेका विभिन्न मागहरुको बारेमा छलफल गर्न मुख्यमन्त्री स्तरीय बैठकबाट एक उच्चस्तरीय वार्ता समिति गठन गरिएको हो । लुम्बिनी प्रदेशसभा अन्तरगत रहेको कृषि, वन तथा वातावरण समितिका सभापती विश्वप्रेम पाठक संयोजक रहेको पाँच सदस्यीय वार्ता समिति गठन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव मोहन अर्यालले जानकारी दिए ।

त्यस्तै वार्ता समितिमा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ईश्वरराज पौडेल, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डिलाराम पन्थी र सदस्य सचिवमा वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्ले रहेका छन् । सामुदायिक वन उपभोक्ता महासंघले राखेका मागहरुको सम्बन्धमा गठित वार्ता समितिले छलफल गर्नेछ ।

यस्तै सामुदायिक वन उपभोक्ता महासंघले प्रदेश आर्थिक ऐन २०८१ बमोजिम सामुदायिक वन उपभोक्ता समूहमा लगाएको वन पैदावार शुल्क खारेजी लगायतका माग राख्दै आन्दोलन गर्दै आएको छ । वन महासंघले कर खारेजीकाे माग गर्दै शुरू भएकाे आन्दाेलनकाे पहिलाे दिन मै प्रदेश सरकारले उच्च स्तरिय वार्ता समिति गठन गरेकाे छ । सरकारले वार्ता समिति गठन गरेपनि याे समाचार तयार पार्दा सम्म महासंघलाई औपचारिक पत्र भने पठाएकाे छैन ।

त्यस्तै यता वन महासंघले पनि सरकारले वार्ता समिति गठन बारे कुनै जानकारी प्राप्त नभएकाे जनाएकाे छ । महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कल्पना भण्डारीले सरकारले वार्ता समिति गठन बारे कुनै प्रकारकाे सुचना प्राप्त नभएकाे बताएकी छिन् । उनले सरकारले वार्ता समिति गठन गरेपनि माग पूरा नहुँदासम्म आन्दाेलन जारी रहने बताइन् । सरकारले लिखित रूपमा वार्ताका लागि बाेलाए आफूहरू वार्तामा जान तयार रहेकाे बताइन् । तर माग पूरा नहुँदासम्म आन्दाेलन नराेकिने बताइन् ।

यस्तै यस अघिकाे आन्दाेलनमा सरकारले कार्यदल गठन गरेर समस्या हल गर्ने सहमतिमा आन्दाेलन स्थगित भएकाे थियाे । तर सरकारले छलफल गर्ने त परैकाे कुरा कार्यदल समेत बनाउन तयार नदेखिए पछि वन महासंघ निर्णायक आन्दाेलनमा उत्रिएकाे हाे । यस पटककाे आन्दाेलनबाट सरकारलाई घुँडा टेकाउने र कर खारेजी गराएर छाेड्ने गरी महासंघले आन्दाेलन शुरू गरेकाे जनाएकाे छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]