
Unsku
Pbu
Ggp
Gfs
Djs
cjs
Sgr
Pes
sbs
Lnp
pku
Rgp
Srbpu
Rgp1

Asm
Rsb
Rgs
Bbbpu
Sbs
Gst
Vor
Rgu
Rgu
Wsp
Ggd
Ksm
nsb
Bbu
Sls
Tsm
Pvg
Ssm
Hal

Ptm
Pls
Bml
bbt
Syp
Jmb
sab
Jmb
Rmb
Abd
Gsb
Rpp
Mks
काठमाडौँ । दक्षिण बोलिभियाको राजमार्गमा भएको सडक दुर्घटनाबाट ३७ जना मानिसको मृत्यु भएको छ । करिब ४० जना घाइते भएका छन् ।
दुई वटा बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । सन्तुलन गुमाएका कारण एउटा बस डिभाइडर तोडेर अर्को बससँग ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउनेमा दुई बालबालिका समेत रहेका छन् ।
प्रहरी कमान्डर विल्सन फ्लोरेसले दुर्घटनाको पुष्टि गर्दै एउटा बसका चालकको अवस्था गम्भीर रहेको र अर्को बसका चालकको अवस्था स्थिर रहेको बताए । घाइतेहरू खतरामुक्त छन् । मृतकको शवलाई नियन्त्रणमा लिई आफन्तलाई बुझाइएको छ । दुर्घटनाको कारण खोजी भइरहेको छ ।
त्यस्तै पुलिस कमान्डर विल्सन फ्लोरेसले उयुनी र कोलचाबिचको राजमार्गमा दुर्घटना भएको बताए। उयुनीबाट करिब ५ किलोमिटर पर दुर्घटना भएको बस ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो पर्व मध्येको एक प्रसिद्ध ओरो कार्निभल आयोजना भइरहेको ओरुरो सहरतर्फ जाँदै थियो । उक्त कार्निवलमा सहभागी हुन गएका मानिसहरू दुर्घटनाको सिकार भएका थिए । यस कार्निवलमा हजारौँ मानिस सहभागी हुन्छन् । यस्तै प्रहरीले दुवै चालकको मदिरा परीक्षणको रिपोर्ट पर्खिरहेको छ । रिपोर्ट पोजेटिभ आएमा चालकलाई कडा कारबाही गरिने जनाईएको छ ।
