Sidha Patra शनिबार, फाल्गुण १७, २०८१

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पत्रकारिता र आम सञ्चारमाध्यमको सशक्तीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रेस चाैतारी नेपाल,लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई राप्ती उपत्यका (देउखुरी)मा शनिबार सम्बोधन गर्दै उनले प्रदेश सरकारले स्थापना कालदेखि नै पत्रकारिता सशक्तीकरणलाई प्राथमिकतामा राख्दै आएको स्पष्ट पारे ।

त्यस्तै`पत्रकारिता क्षेत्रको सशक्तीकरण, विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारले नीति, नियम तथा कानुन निर्माण गर्दा सरोकारवालाहरूसँग छलफल गरेरै अघि बढ्दै आएको छ,´ मुख्यमन्त्री आचार्यले भने,`अहिले रोकिएको विषयप्रति म जानकार छु । पत्रकारिता क्षेत्रका सरोकारवालाहरूसँगको साझा निष्कर्षका आधारमा अगाडि बढ्नेछौं ।´

उनले पत्रकारिता क्षेत्रको प्रवर्द्धनका लागि आवश्यक कानुनी संशोधन गर्ने तथा पत्रकार हितलाई संरक्षण गर्ने प्रतिवद्धता जनाए ।`प्रदेश सरकारले राम्रा कामको थालनी गरेकाे छ । पत्रकारिता कल्याणकारी कोष स्थापना गरेर उदाहरणीय कार्य अघि बढाएका छौं,´ उनले थपे,`पत्रकारिता क्षेत्रलाई निरन्तर प्रोत्साहन दिँदै आएका छाैं ।´

त्यस्तै, मुख्यमन्त्री आचार्यले प्रेस स्वतन्त्रताको नाममा सामाजिक सञ्जालमा फैलिरहेको अराजक प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरे ।`सामाजिक सञ्जाललाई मर्यादित बनाउन जरुरी छ। अराजकता फैलाउने छुट कसैलाई छैन,´ उनले भने,`पत्रकारिता क्षेत्रमै विकृति र विसंगति देखिएको छ । यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न सबै पक्षको ध्यान जान आवश्यक छ ।´

यस्तै कार्यक्रममा प्रेस चाैतारी लुम्बिनी प्रदेशका अध्यक्ष शोभाखर पन्थीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा रहेको थियो । त्यस्तै, चौतारीका इञ्चार्ज तथा केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र प्रसाद गौतम, केन्द्रीय तथा प्रदेश नेतृत्वका अन्य पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियाे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]