
Pbu
Jsbr-3
Jsbg-7
Msbg-2
Usbl-7
Gsbg-3
Csbg-7
Gsbr-6
Rksr-7
ksbl-7


दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर –५ किम्तडीमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ ।
पहिरो खसेपछि शुक्रबार बिहानदेखि यातायात सेवा ठप्प भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिएका छन् ।
त्यस्तै सडक अवरुद्ध हुँदा तराईका विभिन्न जिल्लाबाट जिल्ला सदरमुकामका लागि छुटेका तथा जिल्लाबाट बाहिरिने सवारीसाधनहरू बाटोमै अलपत्र परेका छन् । किम्तडीमा गत माघ दोस्रो साता पनि पहिरो गएको थियो ।
