टेकबहादुर पुन मंगलबार, फाल्गुण १३, २०८१

दाङ । देउखुरीमा जंगली जनावर भालुको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् ।

त्यस्तै घाइते हुनेमा राजपुर गाउँपालिका वडा नम्बर ४ फोहोरा निवासी वर्ष ५५ का बालकराम यादव रहेको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ । उनी सोमबार घुर्रो काट्नभनि जँगल गएको बेला भालुको आक्रमणमा परेका हुन् ।

लमही नगरपालिका वडा नम्बर-८ जुरपानी सामुदायिक वनमा घसर्रो काट्नभनि गएका थिए । यादव साँझ अबेरसम्म घर नफर्किए पछी आफन्तहरु खोज्दै जाने क्रममा सोहीदिन बेलुका ४ बजेतिर घाइते अवस्थामा फेला परेका थिए ।

त्यस्तै यादवलाई घाइते अवस्थामा फेला पारेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । सतबरिया प्रहरी चौकीका प्रमुख असई मान बहादुर नेपालीको टोलीले घटनास्थल पुगेर उनलाई उपचारका लागि लमही अस्पताल पठाएको थियो । यस्तै घाइते यादवले बताए अनुसार उनलाई दुईवटा जंगली भालुले आक्रमण गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]