
Jsbg-7
Pbu
Rksr-7
ksbl-7
Gsbr-6
Msbg-2
Csbg-7
Jsbr-3
Usbl-7
Gsbg-3


दाङ । देउखुरीकाे राप्ती गाउँपालिकाले नेपाल सरकारको उपसचिवमा बढुवा भई जान लागेका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर वलीलाई साेमबार एक कार्यक्रमकाे आयोजना गरि बिदाई गरेकोे छ ।
करिब अढाई वर्ष बढी पालिकाको प्रमुख प्रशासकीय अधिकृतको पदमा रहनु भएका वलीकाे पालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापती चाैधरी, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु र कर्मचारीहरूले टीका,फूलमाला तथा सम्मानपत्र प्रदान गरि बिदाई गरेका हुन् ।
त्यस्तै बिदाई कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले प्रमुख प्रशासकीय अधिकृतको रुपमा वलीको योगदान प्रशंसनीय रहेको बताए ।
उनले गाउँपालिकाको प्रशासनीक क्षेत्रमा मात्रै नभई विकासका अन्य क्षेत्रमा पनि प्रमुख प्रशासकीय अधिकृतको रुपमा वलीको योगदान अतुलनीय रहेको बताए ।
आफ्नो कार्यकालको झण्डै आधा समय प्रमुख प्रशासकीय अधिकृतको पदमा वली रहेर भन्दै उहाँले गाउँपालिकाको विकासका सबै सन्दर्भमा वलीले सधैं सकारात्मक ढंगले साथ दिएको बताए ।वलीको नेतृत्वमा प्रशासनिक सुधार, नीति कार्यान्वयन तथा सेवा प्रवाहमा आएको परिवर्तनप्रति धन्यवाद व्यक्त गरे ।
त्यस्तै उपाध्यक्ष कमलापती चौधरीले वलीको समर्पण र इमानदारिताको प्रशंसा गर्दै आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गरिन् । उनले हरेक कार्यालयमा वली जस्तो कर्तव्यबोध, ईमान्दार र लगनशील कर्मचारीकाे आवश्कता रहेकाे कुरा समेत औल्याए ।
प्रमुख प्रशासकीय अधिकृत वलीले आफ्नो कार्यकालभरि जनप्रतिनिधि,कर्मचारी तथा स्थानीयबासीबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै राप्ती गाउँपालिकामा काम गर्ने अवसर पाउँदा गौरवान्वित भएको बताए । बढुवा भई गएपनि राप्ती गाउँपालिकासँगको सम्बन्ध सँधै कायम रहने प्रतिबद्धता व्यक्त गर्दै,उनले आगामी दिनमा समेत विभिन्न माध्यमबाट सहकार्यको अपेक्षा राखे ।
कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरु,कार्यपालिका सदस्य तथा कर्मचारीहरुले बाक्लो सहभागीता रहेको थियो ।
