Sidha Patra सोमबार, फाल्गुण १२, २०८१

प्युठान । प्यूठानमा घरभित्रै मृत भेटिएका दम्पतीको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृत्तकका भतिजालाई पक्राउ गरेको छ ।

माण्डवी गाउँपालिका वडा नम्बर–२ रातमाटेमा ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियार शनिबार दिउँसो आफ्नै घरभित्र मृत भेटिएका थिए । उनीहरूको हत्या आरोपमा प्रहरीले भतिजा नाता पर्ने ३४ वर्षीय पंकज नेपालीलाई पक्राउ गरेको प्युठानका प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालले जानकारी दिए ।

त्यस्तै पंकजको घर मृतकको घरबाट ६० मिटर टाढा मात्रै रहेको प्रहरीले जानकारी दिएको छ । उनले हत्या पनि स्वीकारेको पनि बस्यालले बताएका छन् । ‘सँधै गाली गर्ने,रिसाउने,घर पनि नआइज भन्ने जस्ता कुरा गर्ने गरेकाले रिसमा आएर घनले हिर्काएर हत्या गरेको हुँ भनेर प्रारम्भिक बयान दिएका छन्,’ डिएसपी बस्यालले भने । प्रहरीले हत्यामा प्रयोग भएको घन मृत्तकको घरदेखि ५० मिटर पूर्वमा रगत लतपतिएको अवस्थामा फेला पारेको छ ।

यस्तै शनिबार दिउँसो १२ बजेसम्म पनि घरको ढोका नखोलेपछि रामबहादुरका छिमेकी उनलाई बोलाउन गएका थिए । ढोका ढकढकाएर बोलाउँदा नबोलेपछि ती छिमेकीले ढोकाबाटै चिहाएर भित्र हेरेका थिए । उनीहरूलाई मृत देखेपछि प्रहरीमा खबर गरिएको थियो । डिएसपी बस्यालले दुवै मृतकको शरीर र टाउकोमा गम्भीर घाउ खतहरू देखिएको जानकारी दिएका छन् । डिएसपी बस्यालका अनुसार त्यो घरमा बुढाबुढी मात्रै थिए । उनीहरुका चार छोरा भारतमा बस्छन् । दुई छोरी बिवाह भई दाङ बस्छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]