शिबराज पन्थी/सिधा-पत्र कर्मी आइतबार, फाल्गुण ११, २०८१

दाङ । हामी ब्यवसायीहरुले आन्तरीक राजश्व कार्यालय, घरेलु कार्यालय, स्थानीय सरकार र उद्योग बाणिज्य संघ गरी ४ स्थानमा कर बुझाउनु पर्छ, कर एकद्धार प्रणलीबाट असुली गर्ने परिपाटीको बिकास गर्नुपरयो, हामीले कत्ति ठाउँ कर तिर्ने ?– गढवा ६ का स्थानीय ब्यवसायी रविलाल आचार्यले भने ।

ब्यवसायीहरुलाई एकद्धार कर प्रणाली लागुगर्न ध्यान दिनुपर्यो । हामी ब्यवसायीहरुले पनि कर प्रणालीका न्यूनतम मापदण्ड पालना गर्नु पर्छ, पसलमा मुल्यसुचि टाँस गर्ने र प्यान तथा दर्ताका कागजातहरु देखिनेगरि राख्नेसम्म गर्दैनौं–आचार्यले भने ।

त्यस्तै ब्यवसायीहरुले दोहोरो,तेहेरो कर तिर्दा हैरान भएका छन्, देशमा आर्थिक मन्दिले उद्योग ब्यापार चौपट भएका छन्–स्थानीय ब्यवसायी युवराज पोख्रेलले कर कार्यालयका प्रमुखसंग गुनासो राखे । गढवा र राजपुरका नाका क्षेत्र लगायतका दुर दराजमा ब्यवसाय दर्ता नगरेरै कर छलेर ब्यापार भैरहेको छ भने कतिपय दर्ताको दायरामा आएर पनि कर तिर्न सकिरहेका छैनन, कर कार्यालयले उद्योग बाणिज्य संघसंग समन्वय गरेर अनुगमन र नियमनलाई प्रभावकारीता दिनुपर्यो–पोख्रेलले भने ।

आन्तरीक राजश्व कार्यालय तुलसीपुरले आईतबार देउखुरीको गढवामा आयोजना गरेको आर्थिक ऐन–२०८१ ले प्रदान गरेका आयकर तथा मुल्यअभिबृद्धि कर छुट सुविधा तथा करसम्बन्धि विभिन्न विषयमा आयोजना गरेको करदाता शिक्षा तथा अन्तरकृया कार्यक्रममा भेला भएका ब्यवसायीहरुले कर कार्यालयका प्रमुखसंग गुनासा तथा जिज्ञासा राखेका हुन् ।

गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंम प्रकाश बसेलको अध्यक्षता र आन्तरीक राजश्व कार्यालय तुलसीपुरका प्रमुख श्रीधर टण्डनको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा ब्यवसायीहरुबाट उठाईएका जिज्ञासाहरुको जवाफ दिदै आन्तरीक राजश्व कार्यालय तुलसीपुरका प्रमुख श्रीधर टण्डनले करको दायरामा नआएरै ब्यवसाय गर्ने तथा राजश्व छली गरि ब्यापार ब्यवसाय गर्ने ब्यवसायीहरुको अनुगमन र नियमनमा कर कार्यालय गंभिर रहेको र अनुगमन नियमनका कार्यहरु गरिरहने बताए । कर तिर्नु सबै उद्योगी ब्यवसायीहरुको दायित्व हो, कानूनको अनभिज्ञता कसैलाई पनि क्षम्य हुदैन उनले भने । करसंग डर होईन भर गर्न सिकौ, समयमा आफ्नो ब्यवसायको आयकर, मुल्य अभिबृद्धिकर र अन्तशुल्क बुझाएर जरिवानाबाट बँच्न उनले ब्यवसायीहरुलाई आग्रह गरे । ब्यवसाय दर्ता गरेर कर तिर्न नसकेकाहरुलाई आर्थिक ऐन–२०८१ ले भारी छुटको ब्यवस्था समेत गरेकोले फागुन मसान्तासम्म सबैखालका ब्यवसायीक कर भुक्तानी गर्न कार्यालय प्रमुख टण्डनले कार्यक्रमका सहभागी ब्यवसायीहरुलाई आग्रह गरे ।कार्यक्रममा आन्तरीक राजश्व कार्यालयका कर अधिकृत हिरानन्द देवकोटा र चिरञ्जीबी खड्काले करका दायरा, ब्यवस्था,कर‌ सम्बन्धि सचेतना प्रस्तुति राख्दै ब्यवसायीहरुसंग दोहोरो अन्तरक्रिया गरेका थिए । त्यसैगरी गुरु एण्ड एशोसिएट्सका चार्टर एकाउण्टेट गुरु प्रसाद पोख्रेलले डे टु फर्म, भ्याट कारोवार र करका सबै दायराहरु र लेखा परिक्षण सम्बन्धि बिषयमा सहभागिहरुलाई प्रकाश पारेका थिए ।

आर्थीक ऐन–२०८१ बमोजिम करछुट सम्बन्धि ब्यवस्थाः कुनै ब्यक्तिले विगतमा कर लाग्ने आयआर्जन गरेको तर स्थायी लेखा नम्बर नलिएको भए त्यस्तो ब्यक्तिले हाल स्थायी लेखानम्बर लिई २०७८ देखी २०८० सम्म गरी २ आर्थिक बर्षको बिवरण र शुल्क यहि फागुन मसान्ता सम्म बुझाएमा अन्य बर्षको शुल्क र ब्याज मिनाहा हुने ब्यवस्था रहेको छ । –स्थायी लेखा नम्बर लिई आय बिवरण बुझाउन बाँकी रहेका करदाताहरुले आय बिवरण र सो को आयकर र सो मा लाग्ने ब्याजको २५ प्रतिशत रकम फागुन मसान्ता सम्म बुझाएमा आय बिवरण बमोजिम लाग्ने शुःल्क तथा बाँकी ७५ प्रतिशत मिनाहा हुने ब्यवस्था रहेको छ ।

त्यस्तै–२०८० असार मसान्ता सम्मको मूल्य अभिबृद्धि कर (भ्याट ) बिवरण पेश नगर्ने भ्याटमा दर्ता भएका करदाताहरुले आफूले बुझाउनुपर्ने कर बिवरण र सो बमोजिमको मुल्य अभिबृद्धिकर तथा सो मा लाग्ने ब्याजको २५ प्रतिशत रकम फागुन मसान्ता भित्र दाखिला गरेमा कर बिवरण बमोजिम लाग्ने जरिवाना, थप दस्तुर तथा बाँकी ७५ प्रतिशत ब्याज मिनाहा हुने ब्यवस्था रहेको कार्यालय प्रमुखले बताए ।

कार्यक्रममा स्थानीय ब्यवसायी तथा वन महासंघ गढवाका अध्यक्ष नवराज शर्मा, गढवा उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष युवराज पोख्रेल, पूर्व अध्यक्ष रविलाल आचार्य, निवर्तमान अध्यक्ष खिमबहादुर बुढा मगर,गढवा गाउँपालिका राजश्व शाखाका प्रमुख कुलराज कुमाल, सल्लाहकारहरु रामप्रसाद गैरे,उमाकान्त पन्त,दिनमणि आचार्य, होटल ब्यवसायी संघका अध्यक्ष रामबहादुर थापा क्षेत्री लगायतले जिज्ञासा राखेका थिए । संघका बरिष्ठ उपाध्यक्ष मधा न्यौपानेको स्वागत मन्तब्यबाट सुरु भएको करदाता शिक्षा कार्यक्रमको सञ्चालन प्रेस सल्लाहकार शिबराज पन्थीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]