
ksbl-7
Csbg-7
Gsbg-3
Rksr-7
Usbl-7
Gsbr-6
Msbg-2
Jsbg-7
Jsbr-3
Pbu


दाङ । महाशिवरात्री पर्वमा फैलिने गरेका लागुपदार्थ दुुब्र्यसनी र सामाजिक बिकृती बिसंगतिलाई रोक्न समाजका सचेत वर्गले सन्देश फैलाउन आवश्यक रहेको देउखुरीको गढवामा शनिवार आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।
ब्रम्हाकुमारी ईश्वरीय बिश्वबिद्यालय राजयोग प्रशिक्षण केन्द्र देउखुरीको आयोजनामा ८९ औं त्रिमुर्ति शिव अवतरण, शिवरात्रीको आध्यात्मीक रहस्य तथा झण्डोत्तलन एवं दुब्र्यसन मुक्ति अभियान–२०८१ को कार्यक्रममा बोल्ने बक्ताहरुले शिबरात्रीको नाममा समाज बिकृत हुनबाट जोगाउनुपर्ने धारणा राखेका हुन् ।
त्यस्तै ब्रम्हाकुमारी ईश्वरीय बिश्वबिद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र देउखुरीका उपाध्यक्ष ब्रम्हाकुमारी गिता दिदीको अध्यक्षता र लुम्बिनी प्रदेश सरकारका पूर्व स्वास्थ्यमन्त्री तथा वर्तमान साँसद इन्द्रजित चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै सांसद चौधरीले चाडपर्व र शिबरात्री पर्वको बाहानामा गाँजा,भाङ, धतुरो जस्ता लागुपदार्थ सेवन गरि सामाजिक बिकृति र बिसंगति फैलाउने संस्कारलाई अन्त्य गर्नुपर्ने बताए ।
पूर्बिय दर्शनले समाज बिकास र बिश्वब्रम्ण्डका बारेमा पनि निकै महत्वपूर्ण बिश्लेषण गरेकोले यो पनि एक महत्वपूर्ण दर्शन भएको बताउदै भौतिकवादी दर्शनले पूर्बिय दर्शनलाई निशेध गर्दा बिज्ञानले धेरै आबिश्कार र बिकास गरेपनि बिकास र समृद्धिको गतिसंगै आर्थीक,सामाजिक र राजनितिक बिकृति बिसंगति मौलाउन थालेकोमा चिन्ता प्रकट गरे । देशमा ईमान जमान र नैतिकता हराउन थालेका कारणले पनि समाजले पूर्बिय अध्यात्मवादी दर्शनसंगै जोडिएका धर्म संस्कार र संस्कृतिको खोजिगर्न थालेको उनको भनाई थियो ।
कार्यक्रममा नेपाली समाजले प्रयोग गर्ने गरेका लागुपदार्थ दुब्र्यसनीलाई शिबरात्रीको पावन अवसरमै त्याग्न सन्देश प्रबाह गरिएको थियो । सो अवसरमा मोटिभेटर हरि निरौला र शिबलाल महतराले लागुपदार्थ दुब्र्यसनि र यसले मानव शरिर तथा मष्तिस्कमा पार्ने नकारात्मक असरहरुका बारेमा सहभागिहरुलाई सचेतना प्रबाह गरेका थिए ।
कार्यक्रममा नेपाल अभिभावक संघ लुम्बिनी प्रदेशका रामप्रसाद गैरे, नेपाल रेडक्रस सोसाईटी उपशाखा गढवाका सभापति उमाकान्त पन्त, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंम प्रकाश बसेल, नेपाल हृदयरोग निबारण प्रतिष्ठान दाङका अध्यक्ष मोहन कुमार पाण्डे, कृषि बिकास बैंक गढवाका प्रबन्धक पदम प्रसाद प्याकुरेल, गढवा बहुमुखि क्याम्पसका प्रमुख बिकास रजौरे, गढवा खानेपानी महासंघका अध्यक्ष कृष्णराज पाण्डे, ब्रम्हाकुमारी क्ष्न्दीरा दिदी, ब्रम्हाकुमार आनन्द, देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष ओभा पाठक र निबृत्त शिक्षक संघका कपिलदेव खनाल तथा शिक्षक सञ्जीव चौधरी लगायत सयौंको सहभागिता रहेको थियो ।
कार्यक्रम सुरुहुनु अघि प्रमुख अतिथी इन्द्रजित चौधरीले ब्रम्हाकुमारी ईश्वरीय बिश्वबिद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र गढवाको प्राङ्गणमा झण्डोत्तलन गरेका थिए । राजयोग प्रशिक्षण केन्द्र गढवा शाखा प्रमुख ब्रम्हाकुमारी यशोधा भट्टराईको स्वागत मन्तब्यबाट आरम्भ भएको कार्यक्रमको सञ्चालन नवराज देवकोटाले गरेका थिए ।
