Sidha Patra आइतबार, फाल्गुण ११, २०८१

काठमाडौँ । शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थिति उत्पन्न भएको भन्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले निषेध आदेश जारी गरेको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६, उपदफा ३ (क) बमोजिम प्रमुख जिल्ला अधिकारीबाट आज निषेध आदेश जारी भएको हो ।

त्यस्तै प्रशासन कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ– ‘ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुसका कारण स्थानीय स्तरमा हुलदंगा, झडप र प्रतिकुल स्थितिको सृजना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिका कारण २०८१–११–११ गते बिहान ५ बजे देखि अर्को आदेश नभए सम्मको लागि निषेध आदेश जारी गरिएको छ ।’

यस्तै निषेधित क्षेत्रमा ५ जना भन्दा बढी व्यक्ति भेला भई सभा, जुलुस, प्रदर्शन घेराउ जस्ता कार्यक्रम गर्न पाइने छैन । घोषित अवधिभर जारी आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने कुनै पनि व्यक्ति वा समूह उपर प्रचलित कानुन बमोजिम कारवाही हुने बताइएको छ । फुङलिङ नगरपालिका बजार क्षेत्र, पूर्वमा फुङलिङ नगरपालिका वार्ड नं ७, सल्लेरी पश्चिममा फुङलिङ नगरपालिका वार्ड नं ७, घोडेचौर (थलाङ धारा क्षेत्र सम्म), उत्तरमा फुङलिङ नगरपालिका वार्ड नं ४, उकालीपानी, दक्षिणमा फुङलिङ नगरपालिका वार्ड नं ६, शेर्पा टोल (भेटनरी कञ्चनजङ्घा टोल)सम्म निषेधाज्ञा लागू हुने छ ।

त्यस्तै काफ्लेपाटी–बल्लुडाँडा क्षेत्रको पूर्वतर्फ पर्यटक प्रहरीको भवनको १०० मिटर इलाका, पश्चिमतिर बल्लुडाँडा, उत्तरतर्फ केबलकार बेस स्टेसन र दक्षिणतर्फ नयाँ बसपार्क इलाकाकोसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]