
Jsbg-7
Rksr-7
Usbl-7
Csbg-7
Gsbg-3
Msbg-2
Gsbr-6
ksbl-7
Pbu
Jsbr-3


ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ बजारमा तनावग्रस्त बनेको छ । शनिबार ‘नो केवलकार’ अभियानका समर्थकहरूले मलास जुलुस सहित प्रदर्शन गर्दै नाराबाजी गरेका बेला सुरक्षाकर्मीले बलिरहेको राँको नियन्त्रणमा लिन खोज्दा झडप भएको हो।
वीरेन्द्रचोकमा पुगेका आन्दोलनकारीहरूलाई नियन्त्रणमा लिन खोज्दा उनीहरू र सुरक्षाकर्मीबीच धक्कामुक्की भएको थियो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार प्रदर्शनकारीहरूले प्रहरीमाथि बलिरहेको राँको र लाठी प्रहार गर्नुका साथै सर्वसाधारणका घरमा समेत राँको फ्याँक्ने अमानवीय व्यवहार गरेका छन् ।
त्यस्तै झडपका क्रममा केही व्यक्ति घाइते भएका छन् भने आगलागी भने हुनबाट जोगिएको स्थानीय प्रशासनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी रवि रावलले घाइतेको यकिन विवरण आउन बाँकी रहेको जानकारी दिएका छन् । हाल स्थितिलाई नियन्त्रणमा ल्याइसकिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
