जयप्रकाश पौडेल/लमही शनिबार, फाल्गुण १०, २०८१

दाङ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग तथा देउखुरी बहुमुखी क्याम्पसको आयोजनामा तीन दिने डिजिटल क्षमता विकास तालिम सम्पन्न भएको छ ।

तालिममा क्याम्पसका पूर्णकालीन प्राध्यापक, आंशिक प्राध्यापक र कर्मचारीसहित ३५ जनाको सहभागिता रहेको थियो । प्रशिक्षक जय प्रकाश पौडेल,गोमा कुँवर, सुधिर कुमार अधिकारी, दीपेन्द्र खड्का लगायतले एआईको प्रयोग,भिडियो मिक्सिङ,पावरपोइन्ट निर्माण तथा प्रस्तुतिकरण लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख शिव ओलीले प्रविधिको उच्च प्रयोग गर्दै शैक्षिक क्षेत्रमा योगदान दिनुपर्ने आवश्यकता औंल्याए । उनले तालिममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न शिक्षक तथा कर्मचारीलाई आग्रह गर्दै डिजिटल प्रविधिबाट आफ्नो क्षमता विकास गर्नुपर्नेमा जोड दिए । ओलीका अनुसार क्याम्पसले आगामी दिनमा पनि यस्ता तालिमहरू चरणबद्ध रूपमा सञ्चालन गर्दै जाने योजना बनाएको छ ।

तालिमको आयोजना हाल प्रविधिको तीव्र विकास भइरहेको अवस्थामा डिजिटल साक्षरताका लागि महत्वपूर्ण रहेको आयोजकको भनाइ छ । सहभागीहरूले तालिम उपयोगी भएको प्रतिक्रिया दिएका छन् ।

तालिमको समापन कार्यक्रम क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा स्याट संयोजक हुर्मत कुमार पोखरेलको अध्यक्षतामा तथा क्याम्पस सञ्चालक समितिका संस्थापक कोषाध्यक्ष शेषमणि गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]