
Jsbg-7
Jsbr-3
Msbg-2
Csbg-7
ksbl-7
Gsbr-6
Rksr-7
Gsbg-3
Usbl-7
Pbu


दाङ । देउखुरीको लमही स्थित देउखुरी पब्लिक अंग्रेजी माध्यमिक बिद्यालयको १७ औं बार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रम बुधवार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिष्णु बञ्जाडेको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका उर्जा,जलस्रोत तथा सिंचाई मन्त्री सिता चौधरीले ड्रोन उडाएर तथा बिद्यालयको ताम्रपत्र अनावरण गरेर बार्षिकोत्सव तथा बिद्यालय भवनको समुद्घाटन गरेकि हुन् ।
कार्यक्रमलाई संबोधन गर्दै मन्त्री चौधरीले निजी तथा सरकारी सबै तहका बिद्यालयहरुले आफ्ना बिद्यार्थीहरुलाई संस्कार र संस्कृतिलाई सिकाउँदै पठन–पाठनलाई अगाडी बढाउनुपर्ने बताइन् । शिक्षा क्षेत्रलाई समृद्ध बनाउन प्रदेश सरकारले पनि नयाँ ढंगले योजना बनाईरहेको भन्दै मन्त्री चौधरीले शिक्षक, अभिभावक र बिद्यार्थीहरुको त्रिपक्षिय समन्वय सहकार्यले मात्र बिद्यालयको शैक्षिक उन्नयन गर्न सकिने बताइन् ।
बिद्यार्थीहरुलाई अतिरिक्त कृयाकलाप,संस्कार संस्कृतिका ब्यवहारीक ज्ञान दिनुपर्ने आजको आवश्यकता भएको भन्दै देउखुरी पब्लिक माबिले नयाँ ढंगले शैक्षिक समृद्धिमा फड्को मार्न सकोस भन्दै बिद्यालयको शैक्षिक र भौतिक उन्नयनको कामना ब्यक्त गरिइन् । छोटो समयमा यस बिद्यालयले गरेको शैक्षिक र भौतिक प्रगतिको समेत उनले प्रशंसा गरिइन् ।
कार्यक्रममा नेपाल अभिभावक संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष रामप्रसाद गैरेले शिक्षाक्षेत्रलाई समृद्ध बनाउन र बिद्यार्थीहरुलाई सकारात्मक संस्कार सिकाउन अभिभावकहरुको प्रमुख दायित्व रहेको औंल्याए ।
कार्यक्रममा एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष सुबोध कुमार डाँगी,देउखुरी होटल ब्यवसायी संघका अध्यक्ष नारायण प्रसाद भुसाल, शिक्षाप्रेमी समाजसेवी शेर बहादुर चौधरी,रेडक्रस उपशाखा लमहीका तारा प्रसाद खनाल, एन प्याप्सन गढवाका अध्यक्ष तथा नेपाल बोर्डिङ स्कूल गोबरडिहाका प्रिन्सीपल निर्मल रावत, डिभेन बोर्डिीङ स्कूल गोबरडिहाका प्रिन्सीपल भानु प्रसाद यादव, पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओंम प्रकाश गुप्ता र सिधापत्र अनलाईनका संचालक तथा प्रबन्धक निर्देशक मेगमन बुढा लगायत दर्जनौं ब्यक्तित्वहरुले बार्षिकोत्सव सफलताको शुभकामना दिएका थिए ।
सो अवसरमा बिद्यालयको शैक्षिक प्रगति प्रतिवेदन र आगामी कार्यक्रम बिद्यालयका प्रबन्धक तथा प्रिन्सीपल भु-माण्डप केसीले प्रस्तुत गरेका थिए । कार्यक्रममा गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रले मौलीक लोककला प्रदर्शन गरेको थियो भने बिद्यालयका बिद्यार्थीहरुले बिभिन्न भेषभुषा झल्कीने सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बिद्यार्थीहरुले अतिरिक्त कृयाकलाप तथा तेक्वान्दो खेल समेत प्रस्तुत गरेका थिए । बिद्यालयका पुर्व शिक्षक मोहनलाल घिमिरेको स्वागत मन्तब्यबाट सुरु भएको बार्षिकोत्सव समारोहको सञ्चालन शिक्षक सन्दिप खनालले गरेका थिए ।

