
Gsbr-6
Jsbr-3
Gsbg-3
Msbg-2
Pbu
Usbl-7
Csbg-7
Jsbg-7
ksbl-7
Rksr-7


धनगढी । कैलालीको धनगढीबाट लागुऔषध सहित बझाङका दुइ जना युवक पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर –५ यातायात कार्यालय पछाडी सडक छेउबाट लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ३१ ग्राम ७३० मिलिग्राम र लागु औषध चरेश जस्तो देखिने कालो पदार्थ २ केजि १७५ ग्राम सहित बझाङको केदारस्युँ गाउँपालिक–६ का २६ वर्षीय गोविन्द बहादुर धामी र २८ वर्षीय लोकेन्द्र बोहरा मङ्गलवार पक्राउ परेका हुन् ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले दुबै जनालाइ पक्राउ गरेको हो । यसैगरी, लम्कीचुहा नगरपालिका–२ बगनियाबाट लागूऔषध खैरो हेरोइन ५ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ति किशोरलाइ इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
