टेकबहादुर पुन/जिल्ला ब्युरो सोमबार, फाल्गुण ०५, २०८१

दाङ । लमही नगरपालिकाको १६ औँ नगरसभा सम्पन्न भएको छ । आईतबार सम्पन्न नगरसभाले विभिन्न निर्णहरु गर्दै कार्यबिधी अनुमोदन गरेको छ ।नगरसभाले गरेका निर्णयहरु नगरसभा पश्चात् पत्रकार सम्मेलन गरि जानकारी गराईएको थियो । पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराउँदै नगरपालिकाका प्रबक्ता मोहन गिरीले एम्बुलेन्स सेवा सञ्चालन कार्यबिधी, २०८१ पारित भएको बताए । यो सहित नगरसभाले ५ कार्यबिधी पारित गरेको छ ।

ज्येष्ठ नागरिकहरुको हक अधिकार र सम्मानको संरक्षणका सम्बन्धमा लमही नगरपालिकाद्वारा जारी भएको सरोकारवाला हरुले पालना गर्नुपर्ने आचार सँहिता, २०८१ पारित भएको छ । त्यस्तै लमही नगरपालिका पदाधिकारी तथा कर्मचारीहरुको सामुहिक अध्ययन अबलोकन भ्रमण सम्बन्धी कार्यबिधी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेबिकाहरुको खाजा तथा सञ्चार खर्च ब्यबस्थापन सम्बन्धी कार्यबिधी र पालिकाको शैक्षिक छात्रबृत्ती ब्यबस्थापन सम्बन्धी कार्यबिधी पनि सभाले पारित गरेको छ ।

त्यस्तै सभाले आर्थिक बर्ष २०८१/०८२ को प्रगती प्रतिबेदन सहित केही बार्षिक योजना तथा कार्यक्रमहरु संशोधन गरेको प्रबक्ता मोहन गिरीले जानकारी दिए । पारित भएका कार्यबिधीले पालिकाको काम कारबाहीमा सहजता थप्ने बताए । उनले प्रगती प्रतिबेदन सुनाउदै २०८१ को माग मसान्त सम्म आन्तरिक आय तर्फ २ करोड, ४७ लाख, ८० हजार १ सय ३८ रुपैया रहेको र चालू आर्थिक बर्षमा बिनियोजित बजेटबाट कुल ३९.२२ प्रतिसत खर्च भएको जानकारी दिए ।
साथै सभाले न्यायिक समितीको चालू आर्थिक बर्ष २०८१/०८२ को अर्धबार्षिक प्रगती प्रतिबेदन समेत पारित गरेको छ ।

नगरसभा नगरप्रमुख जोगराज चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको हो । प्रमुख चौधरीले कार्यबिधी पारितले नगरपालिकाको हुन नसकेका कामहरु तिब्र रुपले अगाडि बढ्ने बताए । नगरपालिका समृद्धिको लागि आफुहरु लागीपरेको र कुनै कार्यबिधी बनिनसक्दा काममा केही ढिला हुने बताए । अबभने कामहरु कार्यबिधी अनुसार छिटो छरितो काम हुने बताए । सभामा प्रमुख प्रशासशकिय अधिकृत सहित सम्पुर्ण कर्मचारी सहित सम्पुर्ण कार्यपालिका सदस्यहरुको उपस्थिती थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]