
ksbl-7
Gsbr-6
Rksr-7
Gsbg-3
Msbg-2
Jsbr-3
Jsbg-7
Pbu
Csbg-7
Usbl-7


धनगढी । कैलालीबाट लागूऔषध सहित ५ जना युवकहरु पक्राउ परेका छन् ।
लम्कीचुहा नगरपालिका वडा नम्बर–४ बलियाबाट सोही ठाउँ बस्ने ३८ वर्षीय मेसक चौधरी र १९ वर्षीय अमृत चौधरी पक्राउ परेका छन् । यी दुबै जनालाई निमेडोल १७ ट्याबलेट र टरामाडोल ४३ ट्याबलेट सहित इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै गोदावरी नगरपालिका–२ पहाड रोड तेघरीबाट सोही ठाउँ बस्ने २७ वर्षीय दिपेन्द्र राज लेखक र २२ वर्षीय आशिष भण्डारीलाई १२० मिलिग्राम लागू औषध खैरो हेरोइनसहित पक्राउ परेका छन् ।
यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर–५ लब्लीचोकबाट कैलारी गाउँपालिका–३ बस्ने २८ वर्षीय निमोह चौधरीलाई १ सय मिलिग्राम खैरो हेरोइनसहित सामुदायिक प्रहरी सेवा केन्द्र हसनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । आइतवार पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले छ ।
