
ksbl-7
Jsbr-3
Gsbr-6
Rksr-7
Gsbg-3
Msbg-2
Jsbg-7
Usbl-7
Csbg-7
Pbu


वीरगन्ज । पर्सा प्रहरीले स्रोत नखुलेको रकम सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा चेकजाँच गर्दा प्रहरीले भारतीय नागरिकलाई वीरगन्जको लिङ्क रोडबाट पक्राउ गरेको हो ।
त्यस्तै पक्राउ पर्नेमा भारतीय नागरिक नेहाल कुमार रहेका छन् । उनको साथबाट स्रोत नखुलेको १० लाख रुपैयाँ बरामद गरेको पर्सा प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए । जाँच गर्दा स्रोत खुल्न नसकेपछि भारतीय नागरिकलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।
यस्तै पक्राउ परेका कुमारलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
