
Rbs
Sds
Mbdvs
mbd
Pbu
Gisld

Ggd
Ksm
Tsm
Pvg
Gst
nsb
Bbu
Rgs
Ssm
Asm
Sls
Rgu
Rsb
Vor
Wsp
Sbs
Hal
Bbbpu
Rgu

Bml
Gsb
Syp
Mks
Rpp
bbt
Pls
Jmb
Jmb
Ptm
Abd
Rmb
sab
चितवन । धुर्मुस,सुन्तली फाउन्डेशनले चितवनमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा माघ २४ गते स्टार क्रिकेट २०२१ को आयोजना हुने भएको छ ।
शनिबार काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उपस्थित कलाकारहरुले क्रिकेट समेत खेलेका थिए । गृष्मा ब्रोडकास्टिङको आयोजनामा हुने कार्यक्रमबाट उठेको सम्पूर्ण रकम रंगाशाला निर्माणमा प्रदान गरिने भएको हो ।
नेपाली चलचित्र, सांगीतिक क्षेत्र र खेलकुद क्षेत्रका ४० भन्दा बढी सेलिब्रिटीहरुले २४ गते क्रिकेट खेल्ने छन् । यो प्रतियोगीतामा २ टिम तयार पारिएको छ । दुई समुहलाई सिताराम कट्टेल र कुञ्जना घिमिरेले नेतृत्व गर्नु हुने छ ।
त्यस्तै एक दिवसिय मैत्रीपूर्ण प्रतियोगीतामा दयाहाङ राई,प्रमोद खरेल,सन्दिप क्षेत्री,दीपक बिष्ट,श्रृङ्खला खतिवडा,बेनिशा हमाल,संगीना बैद्य,प्रशान्त ताम्राकार,पारस खड्का,रवि ओड,ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी लगायतले क्रिकेट खेन्ले निधो भएको हो ।
त्यसैगरी पत्रकार सम्मेलनमा उपस्थित कलाकार तथा खेलाडीहरुले रोचक खेल हेर्न सबैलाई आग्रह समेत गर्नु भएको छ ।
