
Gsbg-3
Gsbr-6
Usbl-7
Pbu
Jsbg-7
Msbg-2
Csbg-7
Jsbr-3
Rksr-7
ksbl-7


काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी संयुक्त अधिराज्य,वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानाडा,अजरबैजान र मरिसस पठाइदिन्छु भन्दै ठगेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ परेको छ ।
त्यस्तै धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर–३ का दिनेश अधिकारीले एक युवकलाई संयुक्त अधिराज्य पठाउने भनेर रु ३२ लाख ५७ हजार ठगेको उजुरी परेपछि निजलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
यसैगरी,सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका –७ का ४१ वर्षीय गणेशबहादुर थापा र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–४ काफ्लेचोकका ३९ वर्षीय दिनेश प्रसाद अधिकारीले क्यानाडा,अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै १४ जना पीडितहरूबाट रु ७१ लाख ७० हजार लिएर सम्पर्कविहीन भएको पीडितहरूको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई गत बुधबार पक्राउ गरेको समाचारकक्षको आजको समाचार बुलेटिनमा उल्लेख छ ।
