
Dbc
Amb
Sdc


दाङ । देउखुरी लमही नगरपालिका वडा नम्बर ८ सतबरिया सव डिभिजन वन कार्यालय स्तरीय योजना तर्जुमा गोष्ठी सम्बन्धि समुहका पदाधिकारीलाई शनिबार एक दिने तालिम दिइएको छ ।
सतबरिया सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत इश्वरी प्रसाद दाहालको अध्यक्षता तथा देउखुरी डिभिजन वन कार्यालय दाङका सूचना अधिकृत प्रेमीलाला प्रसादको प्रमुख आतिथ्यतामा सम्पन्न भएको योजना तर्जुमा गोष्ठी तालिममा सो सतबरिया डिभिजन वन कार्यालय भित्रका २० वटा सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारी हरुको उपस्थिति रहेको थियो ।
उक्त तालिमको प्रशिक्षण सतबरिया सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत इश्वरी प्रसाद दाहालले दिनु भएको भद्रकुण्डा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष निर्मल ग्वालले सिधापत्रलाई जानकारी दिनु भएको हो ।
