
Rgp1
Sgr
Pes
Srbpu
Gfs
pku
cjs
sbs
Unsku
Ggp
Pbu
Rgp
Lnp
Djs

Wsp
Ggd
Rsb
Rgs
Bbu
Gst
Ksm
Ssm
Rgu
Asm
Pvg
Hal
Vor
Sbs
Rgu
Sls
nsb
Tsm
Bbbpu

Rpp
Mks
bbt
sab
Rmb
Gsb
Ptm
Jmb
Abd
Syp
Jmb
Pls
Bml
दाङ । नेपाल कम्युनिस्ट पार्टी घोराही नगर समितिले घोराहीमा जेब्रा क्रसिङ बनाएको छ । पार्टीले जनयुद्ध दिवसको अवसरमा बुधबार घोराहीको तुलसीपुर चोकमा जेब्रा क्रसिङ बनाएको हो ।
घोराहीको मुख्य चोक तुलसीपुर चोकमा बनाइएका जेब्रा क्रसिङ मेटिएसँगै पैदल यात्रुहरूलाई आवातजावत समस्या भएको भन्दै जेब्रा क्रसिङ बनाइएको नेकपाका घोराही नगर इञ्चार्ज पाटन सीले बताए । उनले सडकमा जेब्रा क्रसिङ मेटिदा पैदलयात्रुले जथाभावी बाटो काट्ने गरेको र त्यसले दुर्घटना निम्त्याउन सक्ने भन्दै पार्टीले जनयुद्ध दिवसको अवसरमा जेब्रा क्रसिङ बनाएको कुरामा जोड दिए ।
त्यस्तै सडकमा बनाइएका जेब्रा क्रसिङ बिस्तारै मेटिएर गएपनि सम्बन्धित निकायले ध्यान नदिदा दुर्घटनाको जोखिम बढ्ने भएको हुँदा पार्टीको सामाजिक कार्यअन्तर्गत सडक जेब्रा क्रसिङ बनाएको उनको भनाइ छ ।
पार्टीका इञ्चार्ज पाटन सीले फागुन १ गते ३० औं महान जनयुद्ध दिवस मनाउन लागेको र दिवसकै अवसरमा सामाजिक कार्यअन्तर्गत घोराहीको तुलसीपुर चोकमा जेब्रा क्रसिङ बनाएको बताए । जनयुद्ध दिवसको पूर्वसन्ध्यामा दीप प्रज्ज्वलन गर्ने र फागुन १ गते दाङ जिल्ला उद्योग वाणिज्य संघको सभाहलमा जनयुद्ध दिवस मनाउन लागेको समेत जानकारी दिए । पार्टीले सडकमा बनाउन लागेको जेब्रा क्रसिङमा ट्राफिक प्रहरीले समेत साथ दिँदै जेब्रा क्रसिङ नहुँदाको समस्या पैदलयात्रुहरुलाई मात्रनभएर आफूहरूले भेगेको बताएका थिए ।
यस्तै घोराही बजारका मुख्य चोकहरुमा जेब्रा क्रसिङ मेटिदै जाँदा पैदल मार्गबाट हिड्ने पैदलयात्रुहरुले जोखिम मोलेर आवतजावत गर्ने गरेका थिए । जेब्रा क्रसिङ बनेसँगै अबदेखि पैदलयात्रुलाई कहाँबाट बाटो काट्ने भन्ने समस्याको समाधान भएको र यसले सडकमा हुने दुर्घटनालाई न्यूनीकरण गर्नेछ । आज दिउँसो करिब एकबजे पार्टीका नेताकार्यकर्ताहरु जेब्रा क्रसिङ बनाउन सडकमा पुगेका थिए ।
