
Bksbus5
Syees
Gsbus
Ddhbs
dsbus
Gsl
Ratbs
Jsbus
Ssbus
gms
syysr
Pbu
Rbs
Csbus
Amb
Nssbus7

Gst
Pvg
nsb
Hal
Rgu
Rsb
Bbu
Ggd
Tsm
Sbs
Wsp
Ksm
Bbbpu
Vor
Rgs
Rgu
Asm
Ssm
Sls

Bml
Ptm
Syp
Gsb
Jmb
Jmb
bbt
Rpp
Mks
Pls
Rmb
sab
Abd
दाङ । निर्मला चौधरी नाम गरेकी काल्पनिक पात्र गढवाको एक सरकारी बिद्यालयमा अध्ययन गर्छिन । बिद्यालयमा पढ्दा–पढ्दै साथीको लहलहैमा लागेर उनि कुलतमा फस्छिन् । टिउसन पढाउने वाहानामा आफ्नै काकाले नराम्रो नजरीयाले हेर्न थाल्छन् ।
यो समस्याले उनलाई पढ्न जान मन लग्दैन, घरमा आमासंग कुरा राख्छिन् तर आमाले त्यस बिषयमा खासै चाँसो नदिएर वाल मनोबिज्ञानप्रति वेवास्ता गर्दै जबरजस्त पढ्न पठाउँछिन् तर निर्मलालाई बिद्यालयमा जान मन लाग्दैनन त घरमै पढ्ने मन लाग्छ । एक दिनको कुरा हो, निर्मलाकी आमा बजारमा सरसामान खरिद गर्न जान्छिन् । निर्मला घरमा एक्लै हुन्छिन्, यहि मौका पारेर काकाले आफ्नो घरमा बिभिन्न लोभलालच देखाएर बोलाउँछन् ।
निर्मला काकाको घरमा जान्छिन् र ललाई फकाई काकाबाट बलत्कृत भएर रुदै घर फर्किन्छिन् । पिडामका रहेकी निर्मला घरमा आउदा बजार गएकी निर्मलाकी आम अझै सम्म आईसकेकि थिईनन् । निर्मलाले आफ्नो सामाजिक ईज्जत र प्रतिष्ठा तथा बावा आमाको डरले घरमा रहेको बिषदि सेवन गरी आत्महत्या गरेकी हुन्छिन् । ठिक त्यसैवेला बजार गएकी उनकी आमा घरमा आउँछिन र छोरीलाई मृत अवस्थामा देख्छिन् ।
मृत अवस्थाकी छोरीलाई देख्दा आमा मुर्छित हुन्छिन् । छोरी के कारणले मरि भन्ने बिषयमा निर्मलाले लेखेको नोट पढ्छीन् र काकाबाट बलत्कृत भएको थाहा पाउँछिन् । तत् पश्चात मञ्चमा बलत्कारीलाई कार्वाहीको नारा घन्किन्छ र उनि अपराधिलाई कार्बाही गर्ने प्रोसेसमा लाग्छिन् । यो घटना भने यथार्थ होईन ।
प्रसंग हो देउखुरीको गढवा स्थित ज्ञानज्योति बोर्डिङ स्कूलको २३ औं बार्षिकोत्सव तथा अभिभावक दिवस समारोहको हो । बार्षिकोत्सव समारोहमा त्यसै बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले मञ्चमा देखाएको यो नाटकले नेपाली समाजमा घट्ने अपराधिक घटनाहरुलाई चिरफार गर्दै बिद्यार्थी र अभिभावकहरु माझ दिन खोजिएको पूर्व सतर्कताको सन्देशको यो दृश्य देखेर मञ्चमा बसेका अधिकांश अतिथीहरु,दर्शक,अभिभावक र बिद्यार्थीहरुका आँखा रसाएको देखिन्छ भने कार्यक्रम सञ्चालक एक जना शिक्षक त भावबिव्हल भएरै आँसु छोड्छन् र उनको बोली नै रोकिन्छ । एकै छिन सन्नाटा छाउँछ र कार्यक्रमको माहोल नै मन्त्रमुग्ध हुन्छ ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सन्तोष कौशलको अध्यक्षता र गढवा गाउँपालिकाका प्रमुख यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी शर्माले अभिभावकहरुले आफ्ना वालवालीकाहरुको वाल मनोबिज्ञान बुझेर कुलत र अपराधिक गतिविधिमा लाग्नबाट बचाउन नाटकले गतिलो सन्देश दिएको बताए ।
त्यस्तै उत्पादन मूलक र ब्यवहारीक शिक्षा आजको आवश्यकता भएको औंल्याउदै शर्माले युवाहरुमा देखिएको बढ्दो बिदेश पलायन रोक्न घर परिवार, समाज र बिद्यालयहरुबाटै गंभिर ढंगले समिक्षा गर्दै पहल गर्न जरुरी भएको बताए । वाल मनोबिज्ञानलाई बुझ्न र बुझाउन सकिएन भने समाजमा अपराधिक घटनाहरु बृद्धि हुने र बिदेश पलायन समेत नरोकीने उनले औंल्याए ।
कार्यक्रममा नेपाल अभिभावक संघ दाङका अध्यक्ष रामप्रसाद गैरे,सामुदायिक रेडियो प्रसारक संघ लुम्बिनीका पूर्व अध्यक्ष केपि घिमिरे, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंम प्रकाश बसेल, वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष पुष्पा यादव,नागरिक समाज गढवाका संयोजक खगेश्वर शर्मा,गढवा बहुमुखि क्याम्पसका प्रमुख बिकास रजौरे,रोजि बर्डस लमहीका प्रिन्सिपल वसन्त न्यौपाने, ब्रम्हाकुमारी ईश्वरीय बिश्वबिद्यालय गढवाका प्रमुख यशोदा भट्टराई,चेतनशिल महिला समाज केन्द्र दाङका अध्यक्ष सकुन्तला डिसी, शिक्षाप्रमी बुद्धिजिवी नवराज देवकोटा, कपिलदेव खनाल र बिद्यार्थी सन्तोष थारु कुमाल लगायतले बोलेका थिए ।
कार्यक्रममा गढवा पञ्चैबाजाको झाँकी सहित विविध साँस्कृतिक झलकहरु प्रदर्शन गरिएको थियो भने बर्षभरीको पठन–पाठन र अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । समारोहमा बर्ष उत्कृट अभिभावक भिमराज रिजाल र भगवती वली तथा बर्ष उत्कृष्ट शिक्षक बिजय कुमार यादवलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
बिद्यालयका प्रिन्सिपल दिपक कुमार यादवले बिद्यालयको शैक्षिक प्रगति प्रतिवेदन र आगामी कार्यक्रमहरु पेश गरेका थिए । बिद्यालय सञ्चालक समितिका सदस्य ऋषि यादवको स्वागत मन्तब्यबाट सुरु भएको बार्षिकोत्सव समारोहको सहजिकरण शिक्षकद्वय तिला खनाल र रामबहादुर चौधरीले गरेका थिए ।
