अजय मिश्रा/कपिलवस्तु बुधबार, माघ ३०, २०८१

कपिलवस्तु । इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रहरी निरीक्षक सुरज खत्री आए देखि नै लागु औषध बिरूद्ध आक्रमक बन्दै आएका छन् ।

विभिन्न समयमा विभिन्न स्थानबाट लागु औषध करोबारी सहित लागु औषधमा संलग्न विभिन्न व्यक्ति पक्राउ गरि लाखौं युवाहरुलाई लागु औषधको सिकार हुनबाट जोगाएको स्थानीय बुद्धिजीवीहरू प्रहरी निरीक्षक खत्रीको खुलेर तारीफ गर्छन् ।

प्रहरी निरीक्षक खत्रीले विशेष सूचनाको आधार तथा शंका लागि चेकजाँच गरि लागु औषध करोबारी तथा कुलतमा परेका सेवनकर्तालाई कानुन बमोजीम कार्वाही गरांउदै लागु औषध करोबारी तथा सेवनकर्ताहरूको कम्मर तोड्न सफल भएका समाजसेवीहरू बताउछन् । केही महिना अगाडि प्रहरी निरीक्षक खत्रीले गरेको योगदानको कदर गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले महिनाको उत्कृष्ट प्रहरी सम्मान गरेको थियो ।

सोही क्रममा इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुबाट माघ २८ गते सोमवार दिनको अन्दाजी ३:३० बजेको समयमा जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नम्बर ०२ लिंकगेट स्थितमा खटिएको प्रहरी टोलीले लागु औषध(ब्राउन सुगर) सहित व्यक्ति पक्राउ गर्न सफल भएका हुन् ।

त्यस्तै भारतबाट नेपालतर्फ आउदै गरेको भारतीय नम्बर प्लेट एम एच ०२ सिडि १५२६ नम्बरको कार रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीमा सवार देश भारत उत्तर प्रदेश जिल्ला सिदार्थनगर पोष्ट बढ्नी ग्राम दुधवानिया बुजुर्ग बस्ने बर्ष अन्दाजी ३६ को इकरामुद्दीनको शरिर रीत पुर्वक खानतलासी गर्दा निजको साथबाट ०१ (एक) पुडिया लागु औषध ब्राउन सुगर १०० (एक सय) मिलिग्राम बरामद भएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएकोछ।

साथै एम एच ०२ सिडि १५२६ नम्बरको कार खानतलासी गर्दा उक्त गाडीबाट ०५ (पाँच) पुडिया लागु औषध ब्राउन १६० (एक सय) मिलिग्राम गरि जम्मा २६० (दुई सय साठी) मिलिग्राम लागु औषध ब्राउन सुगर फेला पारेको छ । उक्त कार चालक देश भारत उत्तर प्रदेश जिल्ला सिदार्थनगर पोष्ट बढ्नी ग्राम दुधवानिया बुजुर्ग बस्ने बर्ष अन्दाजी १९ को नसिम खान र सोही गाडीमा सवार इकरामुद्दीनलाई पक्राउ गरि जिल्ला अदालतबाट ७ (सात) दिन म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]