
Jsbr-3
Csbg-7
Pbu
Msbg-2
ksbl-7
Gsbr-6
Gsbg-3
Rksr-7
Jsbg-7
Usbl-7


काठमाडौँ । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर–४ स्थित होटल एभरेस्टमा लडेर बेहोस भएका एकजना युवकको मृत्यु भएको छ ।
त्यस्तै मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–१ घर भएका ३० वर्षीय सागर बेस्ना छन् । उनी आफ्नी केटीसाथी सुनसरी घर भएर कनकाई नगरपालिकामा बस्ने मुना विकसँग सो होटलमा गएका थिए । गएराति खाना खाएर सुतेका बेस्ना शौचालयको ढोकामा लडेका थिए । बेहोस भएर ढलेका उनको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले बताए ।
यस्तै घटनाबारे अनुसन्धान गर्न प्रहरीले उनीसँगै होटलमा गएकी २३ वर्षीया मुना बिक र होटल सञ्चालक ४८ वर्षीया याम कुमारी उप्रेतीलाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी चन्दले जानकारी दिए । रातोपाटी
