
Ksbus
Lsbus
Gis
Lsbus
bpmhl
Ksbus
Gis
Gss
Ssbus
Ssbus
Gsbus
Ssbus
ebg
Pbu
Gms
Rsbus
Ksbus
Gsl
Ksbus
Gsbus

Sbs
nsb
Gst
Bbbpu
Hal
Rsb
Ggd
Ssm
Wsp
Bbu
Tsm
Asm
Pvg
Ksm
Vor
Rgu
Rgs
Sls
Rgu

Bml
Jmb
Abd
Gsb
Syp
Ptm
Rmb
Mks
bbt
Pls
Jmb
sab
Rpp
दाङ । देउखुरी पब्लिक माध्यमिक विद्यालयमा खेलकुद सप्ताह कार्यक्रम बिहीबारदेखि सुरु भएको छ । लमही नगरपालिका वडा नम्बर ६ देउपुरमा रहेको विद्यालयले आफ्नो वार्षिकउत्सव कार्यक्रमको पूर्व सन्ध्यामा उक्त खेलकुद सप्ताह सुरु गरेको हो ।
विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक तिर्थराज पाण्डेको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका वरिष्ठ सदस्य रतनकुमार केसीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा प्रमुख अतिथि केसीले खेल जित्नको लागि मात्र नभएर स्वास्थ्यको लागि पनि खेल खेल्नुपर्ने भएको हुँदा खेलमा सम्पूर्ण विद्यार्थीहरुलाई भाग लिन आग्रह गरेका छन् ।
उनले विद्यालयभित्र प्रतिस्पर्धा गरेर बिस्तारै क्षेत्र, जिल्ला,प्रदेश हुँदै केन्द्र र अन्तर्राष्ट्रिय स्तरमा समेत खेल्ने खेलाडी नै भएको हुँदा देशलाई चिनाउने प्रमुख भूमिका खेलाडीको रहने बताए । खेल खेल्दा जहिले पनि जित र हार हुने भएको हुँदा हारलाई पनि जितेको लक्ष्य राख्दै आगामी दिनमा निरन्तर आफ्नो कलालाई प्रदर्शन गर्दै अघि बढ्न सक्नु एउटा असल खेलाडीको गुण रहने प्रमुख अतिथि केसीले बताए ।
विद्यालयका शिक्षक हेमन्त भुसालको स्वागत मन्तव्यबाट उद्घाटन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि केसीले खेल अतिरिक्त संयोजक तीर्थराज पाण्डेलाई खेलकुद सामग्री हस्तान्तरण गरेका थिए ।
त्यस्तै उक्त सप्ताह खेलमा फुटबल,कब्बडी खेल,हिसाब दौड,रिले दौड,चकले दौड लगायत विभिन्न खेलहरू रहेको विद्यालयका प्रिन्सिपल भू-माण्डप केसीले जानकारी दिए । फरक किसिमको शिक्षा प्रदान गर्ने उद्देश्यका साथ विद्यालयले फरक फरक कार्यक्रमको आयोजनाहरू गरेर सैद्धान्तिक तथा व्यापारिक ज्ञानहरू प्रदान गर्न लागेको प्रिन्सिपल केसीले बताएका छन् । यसैगरी एक हप्तासम्म सञ्चालन रहने खेलकुद सप्ताहलाई सफल बनाउनका लागि आफ्नो कला मार्फत प्रस्तुतिहरू प्रस्तुत गर्न सम्पूर्ण विद्यार्थीहरुलाई प्रिन्सिपल केसीले आग्रह गरेका छन् ।
यस्तै उक्त खेलकुद सप्ताहमा प्राथमिक तहका विद्यार्थीहरूलाई छुट्टै खेल खेलाइरहेको प्राथमिक तह संयोजक पुष्पा शर्मा(भट्टराई)ले बताइन् । खेलकुद सप्ताह कार्यक्रमको सञ्चालन विद्यालयका अङ्ग्रेजी शिक्षक सन्दीप खनालले गरेका थिए ।
