
Ksb
Ppu
Tgp
jsb
Ksb
Usb
Rks
Ssb
Ssb
Rsb
Gsb
Nsb
Csb
Ksb
Bsn

Hl1
Ssb
Tsb
Gsb
Usb

Nps
ptl
Rgu
सोलुखुम्बु । सोलुखुम्बुमा आगलागीमा परेर दुई जना बालवालिकाको मृत्यु भएको छ । नेचासल्यान गाउँपालिका वडा नम्बर २ सल्यानका टेकबहादुर निरौलाको मतनामा आगलागी हुँदा उनको नाति र नातिनीको मृत्यु भएको वडाध्यक्ष भेषकुमार बास्तोलाले जानकारी दिनु भएको हो ।
ज्यान गुमाउनेहरुमा पाँच वर्षकी गृष्मा निरौला र सात वर्षका सुगम निरौला रहेका छन् । घाँस राख्न बनाइएको मतनाको माथिल्लो तलामा घाँस लगायतका सामाग्री राखिएको र तल्लो तलामा आगो बाल्ने ठाउँ भएको पनि वडाध्यक्ष निरौलाले बताउनु भयो । बालवालिकाले आगो बाल्दा आगलागी भएको बताइए पनि कारण खुलि नसकेको प्रहरीले जनाएको छ ।
