
Gis
Gis
Lsbus
Ksbus
Gsl
Ksbus
Ksbus
Ssbus
Lsbus
Gss
Ssbus
Gis
Nssbush
Gsbus
Pbu
ebg
Rsbus
Ssbus
bpmhl
Ses

nsb
Rgs
Rgu
Gst
Sls
Vor
Ssm
Rgu
Rsb
Tsm
Sbs
Ksm
Ggd
Asm
Bbbpu
Hal
Wsp
Bbu
Pvg

Abd
Mks
Ptm
Jmb
Bml
Pls
Rmb
Gsb
Rpp
sab
Jmb
Syp
bbt
दाङ । देउखुरीको राजपुर गाउँपालिकामा पालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङशील प्रतियोगिता आइतबारदेखि सुरु भएको छ ।
शंकर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेनाथ यादवको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढातोकीको प्रमुख अतिथि एवं उपाध्यक्ष धनपति यादवको विशिष्ट अतिथिमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले खेल खेल्नको लागि खेलाडीलाई अनुशासनको धेरै आवश्यकता पर्ने बताएका छन्।
उनले हरेक खेलाडीको पहिचान भनेको अनुशासन रहेको हुँदा अनुशासनमा रहेर खेल खेल्नुपर्ने बताए । नाका स्तरीय खेलकुद प्रतियोगितालाई पालिकाको मातहतमा सञ्चालन गरेको र राष्ट्रपति रनिङशील प्रतियोगितालाई पनि निरन्तर सञ्चालन गर्ने अठोटका साथ अघि बढेको अध्यक्ष बुढाथोकीले बताएका छन् । खोला,नाका र तराई भेगका विद्यालयमा अध्ययनरत विद्यार्थी बीच एकअर्कालाई परिचित गर्ने यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने समेत अध्यक्ष बुढाथोकीले बताए ।
त्यस्तै प्रतियोगितामा अनुशासित भएर आफ्नो खेल प्रदर्शन गर्न समेत सम्पूर्ण विद्यार्थी खेलाडीहरूलाई अध्यक्ष बुढाथोकीले आग्रह गरेका छन् । राजपुरको शिक्षा क्षेत्रलाई सुधार गरेर गुणस्तर शिक्षा प्रदान गर्नको लागि सम्पूर्ण जनप्रतिनिधिहरु एकजुटका साथ अघि बढिरहेको समेत उनले बताए ।
यस्तै कार्यक्रमकी विशिष्ट अतिथि धनपति देवी यादवले खेल खेल्दा हार जित हुने भएको हुँदा हारलाई पनि जितमा परिणत गरेर अघि बढ्नुपर्ने खेलाडीहरुलाई सुझाव दिएकी छिन् । उनले उत्कृष्ट खेल प्रदर्शन गर्ने विद्यार्थी खेलाडीहरूलाई खेल क्षेत्रबाट अघि बढाउनको लागि राजपुर गाउँपालिकाले सहयोग गर्ने समेत बताइन् ।
शंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक अशोक प्रसाद यादवको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राजपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हेमन्त बहादुर डाँगी, राजपुर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष ओम प्रकाश यादव, वडा नम्बर ३ का वडा अध्यक्ष रामप्रसाद अहिर,४ नम्बर वडाका अध्यक्ष रामेश्वर अहिर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल सरकारले २०६६ सालदेखि राष्ट्रपति रनिङशील प्रतियोगिता देशैभरका विद्यालयहरूमा सञ्चालन गरेको भएतापनि राजपुर गाउँपालिकाले यो प्रतियोगिता २०७९ सालदेखि सुरु गरेको हो । पालिकाले पहिलो प्रतियोगिता वडा नम्बर ५ सालभौरीस्थित साधारण नमूना माध्यमिक विद्यालयमा सञ्चालन गरेको थियो भने दोस्रो प्रतियोगिता वडा नम्बर ६ खाङ्ग्रा नाकामा रहेको स्थित बालकल्याण माध्यमिक विद्यालयमा सञ्चालन गरेको थियो ।
राजपुर गाउँपालिकाको आयोजना तथा शंकर माध्यमिक विद्यालयको व्यवस्थापनमा सुरु भएको उक्त प्रतियोगिता तीन दिनसम्म चल्ने आयोजकले जनाएको छ । प्रतियोगितामा राजपुर गाउँपालिका भित्रका ११ वटा विद्यालयहरूले भाग लिएका छन् भने प्रतियोगिताको प्रशिक्षकहरूमा दाङ जिल्ला खेलकुद विकास समितिका प्राविधिक संयोजक नोखी राउत,समितिका अफिसियल बालकृष्ण शाह, भलिबल प्रतियोगितामा भीमबहादुर डाँगी, एथ्लेटिकमा करुणा रिजाल,कबड्डीमा सुजन थापा रहेका छन् ।
प्रतियोगिताको उद्घाटन कार्यक्रमको सञ्चालन ज्योति आधारभूत विद्यालय गुरुङखोलाका प्राध्यापक दिलबहादुर शाही साधारण नमुना माध्यमिक विद्यालयकी शिक्षिका हिमा थापाले संयुक्त रुपमा गरेका थिए ।
