
jsb
Ssb
Rsb
Ppu
Rks
Usb
Ssb
Tgp
Ksb
Bsn
Ksb
Nsb
Gsb
Csb
Ksb

Tsb
Ssb
Hl1
Usb
Gsb

Nps
ptl
Rgu
काठमाडौँ । राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेता कार्यकर्ताले पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।
३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरिएको हो । प्रमुख प्रशासनिक भवन सिंहदरबारको पश्चिम मूलगेटमास्थित पृथ्वीनारायण शाहको सालिक आज विभिन्न व्याक्तिहरुले माल्यार्पण गरिरहेका छन् ।
त्यस्तै यसअघि आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलले पनि यस सालिकमा माल्यार्पण गरेका थिए । राप्रपाले आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पारेर भृकुटीमण्डपमा चियापान कार्यक्रमको पनि आयोजना गरेको छ ।
रातोपाटी
