
Pbu
mbd
Sds
Mbdvs
Rbs
Gisld

Asm
Ksm
Vor
Ssm
Pvg
Bbbpu
Rgu
Gst
nsb
Sbs
Tsm
Rgs
Bbu
Rgu
Hal
Ggd
Rsb
Wsp
Sls

Rpp
Rmb
Ptm
sab
Syp
Pls
Mks
Abd
Gsb
Jmb
bbt
Bml
Jmb
रोल्पा । रोल्पाको भदौरे मन्दिरको घुम्ति नजिकै तेल बोक्ने ट्याङ्कर दुर्घटना भएको छ । दुर्घटनामा परि ट्याङ्कर चालक नेपालगंज घर भएका ४५ बर्षीय हरबजन सिंहको मृत्यु भएको हो । मृतको शव अहिले रोल्पा अस्पतालमा राखिएको छ ।
त्यस्तै दुर्घटनामा परि गम्भिर घाइते भएका चालकलाई उपचारका लागि रोल्पा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यू भएको रोल्पा अस्पतालले जनाएको छ । रोल्पा नगरपालिका वडा नं १ भदौरे मन्दिरको घुम्ति नजिकै ट्याङ्कर दुर्घटना भएको हो । रुपैडियाका सहचालक १९ बर्षीय सुनिलशंकर सामान्य घाइते भएका छन् भने उनको निधारमा चोट लागेको रोल्पा प्रहरी प्रवक्ता सन्तोष केसीले जनाकारी दिनु भयो ।
दुर्घटना के कारणले भएको हो भन्ने बारेमा अहिले सम्म केही खुलेको छैन । ना ४ ख २२५७ नम्बरको ट्याङ्कर सडक देखि करिव ५० मिटर तल खसेको प्रहरीले बताएको हो । ट्याङ्कर दुर्घटना हुँदा ट्याङ्रमा रहेको २ हजार लिटर डिजेल र ९ हजार लिटर पेट्रोल नष्ट भएको छ ।
