
Pes
Pbu
Srbpu
cjs
Lnp
Gfs
Rgp
Rgp1
Djs
Sgr
Unsku
Ggp
pku
sbs

Rsb
Asm
Ssm
Gst
Hal
Rgs
Bbu
Bbbpu
Vor
Sls
Ggd
Wsp
nsb
Tsm
Pvg
Rgu
Rgu
Sbs
Ksm

Rpp
Jmb
sab
Gsb
Jmb
Syp
Rmb
Abd
bbt
Mks
Ptm
Bml
Pls
काठमाडौँ महानगरपालिकाले बुधबारबाट सुरु गरेको किटनाशक औषधी छर्किने कार्यक्रमलाई आज पनि निरन्तरता दिएको छ । तीन ओटा क्षेत्रलाई आधार मानेर सुरु गरेको यो कार्य आज पनि निरन्तर रहेको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभएको छ । उहाँले सिमित स्रोत–साधनको समेत उच्चतम सदुपयोग गर्दै अत्यावश्यक ठाउँमा किटनाशक औषधी छर्किने कामलाई निरन्तरता दिइरहेको बताउनुभयो ।
‘सिमित स्रोत–साधनका बीच पनि हामी निरन्तर काम गरिरहेका छौँ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘कामका शिलसिलामा केही कमजोरी भएका छन् भने आम महानगरवासीले दिएको सुझावलाई स्वीकार गर्दै सुधारका प्रयास गर्ने छौँ । यो विश्वव्यापी रुपमा फैलिएको महामारीका बेला सबैको साथ र सहयोग अपरिहार्य छ ।’ उहाँले बाटो सफा गर्ने, किटनाशक औषधी छर्किनेलगायतका कामलाई ३२ वटै वटा र अत्यावश्यकसम्म पुर्याउने पनि जानकारी दिनुभयो ।
