
Gfs
sbs
cjs
pku
Pes
Unsku
Rgp1
Lnp
Pbu
Srbpu
Ggp
Sgr
Djs
Rgp

Gst
Vor
nsb
Rgs
Ggd
Bbbpu
Bbu
Rgu
Sbs
Tsm
Hal
Sls
Asm
Pvg
Ksm
Rgu
Ssm
Wsp
Rsb

Jmb
Rmb
Abd
Gsb
Pls
Bml
Jmb
sab
Ptm
bbt
Mks
Rpp
Syp
दाङ । दाङ जिल्लामा कोरोना विरुद्ध खोप बुधबार विभिन्न तह र तप्कामा रहनु भएका २०८ जनालाई लगाईएको छ ।
पहिलो चरणमा जिल्लाका स्वास्थ्यकर्मी, सरसफाइ कर्मी,राष्ट्रसेवकलगायतलाई पहिलो चरणको खोप दिईएको हो । राप्ती स्वासथ्य विज्ञान प्रतिष्ठानमा एकसय २० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ८८ जनालाई कोरोना खोप प्रदान गरिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले बताउनु भयो ।
अहिले घोराही र तुलसीपुरबाट खोप प्रदान गरिएको भएपनि केही समयपछि लमहीमा पनि खोप प्रदान गरिने उहाँको भनाई छ । दाङमा ६ हजार डोज खोप आएको चन्दको भनाई रहेको छ । जिल्लामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. सागर पन्थी र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहले खोप लगाएर उद्घाटन गर्नु भएको थियो ।
दाङमा १० दिनसम्म खोप संचालन रहने छ । अन्य पालिकाहरुमा पनि खोप सेवा संचालन हुने छ । एक व्यक्तिलाई दुई पटक खोप दिईने भएकाले २८ दिन पछि पुनः दोस्रो चरणको खोप दिईने दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनु भएको छ । साथै दाङमा पहिलो चरणमा तीन हजार बढीलाई कोरोना खोप लगाइने उहाँले जानकारी दिनु भयो ।
पहिलो चरणमा खोप लगाएकाहरुले खोप लगाएको चार हप्ता पछि पुनः दोस्रो चरणको खोेप लगाउन पर्ने हुन्छ । भारत सरकारले नेपाल सरकारलाई १० लाख कोरोना विरुद्धको खोप अनुदानमा दिएको हो । खोप लगाउन पाउँदा आफूहरु खुसी भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका फार्मेसी प्रमुख सुलभ अधिकारीले बताउनु भएको हो ।
