
sbs
Pes
Djs
cjs
pku
Rgp1
Srbpu
Ggp
Gfs
Sgr
Pbu
Unsku
Rgp
Lnp

Rgu
Tsm
Bbu
Gst
Asm
Bbbpu
Vor
Ssm
Rgs
Ksm
Pvg
Wsp
Sls
Rsb
Hal
Sbs
Rgu
Ggd
nsb

Rpp
Jmb
Rmb
sab
Syp
Gsb
bbt
Bml
Mks
Abd
Jmb
Ptm
Pls
दाङ । राजपुर गाउँपालिकाको कार्यपालिका र राजपुर स्वास्थ्य शाखाको विशेष आयोजनामा नि:शुल्क एकीकृत स्वास्थ्य शिविर कार्यक्रम मंगलबार आज सम्पन्न भएको छ ।
राजपुर – ६,खाङ्ग्रामा पौष महिनाको ६ गतेदेखि सुरु भएको शिविर ९ गते राजपुर – ७,भैसाही नाकामा सम्पन्न भएको हो । दुई वटा वडामा संचालन गरिएको शिविरमा खाङ्ग्रा नाकामा २४६ जनालले सेवा लिएका थिए भने भैसाहीमा २२५ जनाले सेवा लिएका थिए । उक्त नि:शुल्क स्वास्थ्य शिविरमा स्त्रीरोग सम्बन्धित सेवा,विभिन्न रोगको स्वास्थ्य परिक्षण सेवा,आयुर्वेद सेवा,परिवार नियोजन सेवा, प्रयोगशाला सेवा,निशुल्क औषधि सेवा प्रदान गरिएको राजपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कमल बहादुर रोकायले जानकारी दिए ।
शिविरमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङका स्त्रीरोग विशेषज्ञ डाक्टर संजय कुमार यादव,कान्ति बाल अस्पताल काठमाडौंकि क्यान्सर रोग विशेषज्ञ रमा कुमारी पराजुली,राप्ती प्रादेशिक अस्पतालकि मेडिकल अधिकृत डाक्टर आईसा आचार्य,सोही अस्पतालकि अस्पताल निरीक्षक सुदिष्टी श्रेष्ठ,स्वास्थ्य कार्यालय घोराहीबाट खटाइएका रामासिं चौधरी,आयुर्वेद औधाल्या राजपुरबाट प्रभा भट्टराईकि नेतृत्वमा आयुर्वेद सेवा र जराजपुर स्वस्थ्य चौकीकि ल्याब असिस्टेन्ट सुमित्रा ओली लगायतको टिम रहेको थियोे ।
सो नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रमका अवसरमा नाका क्षेत्रमा पुगेका राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले नाका क्षेत्रका नागरिकलाई नाकामै स्वास्थ्य सेवा दिने उदेश्यले राजपुर गाउँपालिकाद्वारा नि:शुल्क एकीकृत स्वास्थ्य शिविरको आयोजना गरेर ४ दिने शिविर संचालन गरेको जानकारी दिए ।
प्रत्येक वर्ष नागरिकको स्वास्थ्य परिक्षण गरेर रोग पहिचान गर्न सकिए समयमा उपचार हुन सक्ने र नागरिकले अनावश्यक स्वास्थ्यकै कारण पिडा भोग्न नपरोस् भनेरै गाउँपालिकाले शिविरको आयोजना गरेको अध्यक्ष बुढाथोकीले बताए । त्यस्तै उनले आगामी दिनमा पनि निरन्तर राजपुर गाउँपालिकाले नि:शुल्क स्वास्थ्य शिविरहरु संचालन गर्ने बताए ।
आफू लगायत आफ्नो टिम राजपुर गाउँपालिकाको नेतृत्वमा निर्वाचित भएर आएपछि पालिका भित्र शिक्षा,स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकता दिएर कार्य गरिरहेको बताए । उनले अहिले राजपुरको भैसाही नाकामा रहेको सामुदायिक स्वास्थ्य इकाईमा विविध कारणले १ महिनादेखि स्वास्थ्य सेवा बन्द रहेको हुँदा आफुले स्वास्थ्य कर्मचारी पठाउन प्रमुख प्रशासकीय अधिकृतसंग छलफल गरिरहेको र अब तत्काल पठाउने समेत बताएका छन् ।
त्यस्तै राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपती देवी यादवले नाका क्षेत्रका जनतालाई सेवा प्रदान गर्न आफुहरु शिविरसंगै नाका क्षेत्रमा आएको बताइन् । उनले जनतासंग प्रत्येक्ष भेटघाट गरेर स्वास्थ्य कर्मीसंगै स्वास्थ्य अवस्था बुझ्ने र सेवा प्रदान गर्न पाउदा अत्यन्तै खुशी भएको बताएकि छिन् । उनले विगतमा नाका क्षेत्रमा विभिन्न शिविरहरुबाट जनतालाई सेवा प्रदान गरेको र यो वर्ष पनि दिएको र आगामी वर्षपनि यस किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने बताइन् ।
शिविर कार्यक्रममा राजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगी,वडा नम्बर ६ का वडा अध्यक्ष श्यामबहादुर रोका,वडा नम्बर ७ का वडा अध्यक्ष पुष्कर वली लगायतको सहभागीता रहेको थियो ।
