Sidha Patra बुधबार, पुष १०, २०८१

काठमाडौँ । नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई आज पार्टीबाट निष्कासन गरेको छ ।

बुुधबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले रावललाई पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको स्रोतले बतायो । रावल हाल पार्टीको केन्द्रीय सल्लाहकार परिषदका सदस्य छन् । उनी चार दशकदेखि पार्टीमा सक्रिय थिए।

त्यस्तै पार्टीका दुई जना केन्द्रीय सदस्यहरु बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाई ६/६ महिना पार्टी सदस्यताबाट निलम्बन गरेको छ । व्यापारी मीनबहादुर गुरुङले पार्टीका लागि कीर्तिपुरमा १० रोपनीभन्दा बढी जग्गामा अत्याधुनिक भवन बनाइदिन शिलान्यास गरेपछि कम्युनिष्ट पार्टीको आचरणविपरीत दान लिन नहुने भन्दै तीन जनाले विरोध गरेका थिए । उनीहरुलाई प्रष्टीकरण सोध्दै पार्टीले कारबाहीको तयारी गरेको थियो ।

यस्तै सर्वोच्च अदालतले त्यसविरुद्ध परेको रिट खारेज गर्दै एमालेलाई दान लिन बाटो खुला गरिदिएपछि अध्यक्ष केपी शर्मा ओलीले त्यसविरुद्ध फरक मत राख्ने नेताहरूमाथि कारबाही गरेका हुन् । एमालेमा बहस छलफल र फरक मत निषेध रहेको अवस्थामा ओलीको कदमप्रति विमति राख्नेहरू विरुद्ध उनले कडा कदम चालेका हुन् । सचिवालय बैठकले पुस २१ र २२ गते केन्द्रीय कमिटिको बैठक बोलाउने निर्णय पनि गरेको छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]