
Sds
Rbs
Gisld
Mbdvs
Pbu
mbd

Bbbpu
Bbu
Rsb
nsb
Vor
Ksm
Sbs
Wsp
Gst
Hal
Rgs
Tsm
Asm
Pvg
Ggd
Rgu
Sls
Ssm
Rgu

bbt
sab
Ptm
Pls
Rpp
Jmb
Abd
Syp
Gsb
Rmb
Jmb
Bml
Mks
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ का ७२ वर्षिय ज्येष्ठ वडा अध्यक्ष भिम बहादुर खड्कालाई सिक्टा माध्यामिक विद्यालयका प्रधानध्यापक बिष्णु खत्रीले केहि दिन भित्रै सिद्ध्याई दिने धम्कि दिएका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बखारिया घर भई हाल सिक्टा माध्यामिक विद्यालयमा अध्यापन गराउदै आएका प्रअ खत्रीले आफुलाई धम्कि दिएको वडा अध्यक्ष खड्काले एक बिज्ञप्ति जारि गरेर जानकारी गराउनु भएको हो । प्रधानध्यापक खत्री यहि माघ ७ गते सिफारिस लिन वडा नम्बर ७ को वडा कार्यालयमा गएको र सिफारिस लिएर वडा कार्यालयमै बसी वडाध्यक्षलाई अनेक बिषयमा गालि गरेको र वडा कार्यालयमा कार्यरत अन्य कर्मचारीहरुको भनाई छ ।
वडा कार्यालयका अन्य कर्मचारीकै अगाडी बिना कारण तथानानाम गालि गलौच गर्दै मार्ने धम्कि दिएको वडा अध्यक्ष खड्काले जारि गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ । प्रधानध्यापक खत्रीले वडाध्यक्ष खड्कालाई विभिन्न आरोप लगाउदै केहि दिन भित्रै सिद्ध्याई दिने समेत धम्कि दिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
वडा अध्यक्ष खड्काले आफुलाई धम्की दिने शिक्षकलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख, नागरिक समाज,मानव अधिकारकर्मी संग अनुरोध गर्नु भएको छ ।
बेला बखतमा शिक्षक खत्रीले विप्लब माओबादीको समेत धम्कि दिने गरेका छन । यो बिषयमा सम्पर्क गर्न खोज्दा प्रधानाध्यापक खत्रीको मोबाइल बन्द भएकोले सम्पर्क हुन् सकेन।
पटक पटक विवादित हुने शिक्षक खत्री
सुर्योदय प्राथमिक विद्यालय बनकट्टीबाट काजमा माध्यामिक विद्यालय सिक्टा पुगेका राहत शिक्षक बिष्णु खत्री पटक पटक विवादमा तानिदै आएका छन । कहिले प्रधानाध्यापक पदका लागि त कहिले महिला शिक्षकलाई हातपात गरेको बिषयमा उनि विवादित हुने गरेका छन ।
केहि दिन अघि सोहि विद्यालयमा अध्यापन गराउदै आएकी शिक्षिकालाई हातपात गरेको आरोपमा पांच दिन इलाका प्रहरी कार्यालय गढवाको हिरासतमा बसी धरौटीमा छुटेका थिए । महिला शिक्षकलाई हातपात गरेको आरोप लागेका शिक्षक खत्रीको मुद्दा अझै फैसला भएको छैन । शिक्षक जस्तो मर्यादित पेशामा संलग्न व्यक्ति नै अराजक,अमानविय तरिकाले सार्वजनिक स्थलमा प्रस्तुत हुदैं कानुनको धज्जिया उडाएका छन ।
