
Pbu
Rgp
Srbpu
Unsku
pku
Ggp
Rgp1
Sgr
Lnp

Tsm
Ggd
Vor
Pvg
Ksm
Rgu
Ssm
Sbs
Rgu
Hal
nsb
Sls
Wsp
Rgs
Rsb
Gst
Bbu
Bbbpu
Asm

Jmb
Gsb
Bml
Rpp
sab
Rmb
Syp
bbt
Jmb
Pls
Abd
Mks
Ptm
दाङ । लुम्बिनी प्रदेश सरकार प्रदेश मन्त्रीपरिषद् बैठक मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय राप्ती उपत्यका देउखुरीमा साेमवार बसेकाे छ । बैठकले तीन वटा महत्त्वपूर्ण निर्णय गरेकाे छ ।
बैठकले यातायात व्यवस्था कार्यालयकाे सेवा विस्तार गर्ने निर्णय गरेकाे छ । याे निर्णय अनुसार अब काेहलपुरमा यातायात व्यवस्था कार्यालयकाे सेवा विस्तार हुने छ । बैठकले पटके जाँचपास देखि राजश्व संकलनका लागि काेहलपुरमा यातायात व्यवस्था कार्यालयकाे सेवा विस्तार गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता तथा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थिले जानकारी दिए ।
मुख्यमन्त्री चेतनारायण आचार्यकाे अध्यक्षतामा बसेकाे बैठकले उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय अन्तरगत रहेकाे यातायात व्यवस्था कार्यालयकाे सेवा विस्तार गर्ने, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तरगत स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन दाेस्राे संशोधन कार्यविधि २०८१ स्वीकृत गरेकाे छ ।
त्यस्तै संशाेधित कार्यविधि अनुसार अब अवधि पुगेका र सम्पन्न भएका स्मार्ट कृषि गाउँकाे संरक्षण, सम्बर्द्धन र विकासका लागि स्थानीय सरकारकाे जिम्मेवारी भित्र पर्ने छ । प्रदेश, स्थानीय सरकार र किसानहरुकाे साझेदारीमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन गरिएको थियाे । यस्तै बैठकले सामाजिक विकास मन्त्रालय अन्तरगत बजेट तथा कार्यक्रमकाे व्यवस्थापन गर्ने निर्णय गरेकाे छ ।
सामाजिक विकास मन्त्रालयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय गाभिएकाे थियाे भने सामाजिक विकास मन्त्रालयमा रहेकाे युवा तथा खेलकुदकाे जिम्मेवारी छुट्टै युवा तथा खेलकुद मन्त्रालय बनाइएकाे थियाे । जसले गर्दा मन्त्रीपरिषद् बैठकले बजेट तथा कार्यक्रमकाे व्यवस्थापन गर्ने निर्णय गरेकाे हाे ।
