
Rgp
Unsku
Pbu
Lnp
Rgp1
Srbpu
Sgr
pku
Ggp

Wsp
Rgu
Asm
Bbu
Ssm
Sbs
Ggd
Ksm
Rsb
Bbbpu
Vor
nsb
Sls
Rgs
Tsm
Hal
Gst
Pvg
Rgu

Gsb
Mks
Rmb
Ptm
bbt
sab
Syp
Abd
Bml
Pls
Jmb
Rpp
Jmb
काठमाडौं । स्थानीय तहको रिक्त ४१ स्थानका लागि आइतबार उपनिर्वाचन हुँदै छ । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार १ मेयर, १ उपमेयर, २ गाउँपालिका अध्यक्ष, ४ गाउँपालिका उपाध्यक्ष र ३३ वडाध्यक्षका लागि चुनाव हुन लागेको हो । निर्वाचन आयोगले सम्पूर्ण तयारी भएको भन्दै निर्धक्क मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ ।
त्यस्तै आयोगले मतदाता नामावलीमा नाम भएका मतदातालाई तोकिएको मतदान केन्द्रमा मतदान गर्न आह्वान गरेको छ। ‘आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई आफूले रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न सम्पूर्ण मतदाताहरूमा अनुरोध गर्दछ’, आयोगकी प्रवक्ता नीता अर्याल पोखरेलले भनिन् ।
यी कागजात भए मतदान गर्न पाइने :
चुनावमा निर्वाचन आयोगबाट प्रकाशन भएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मताधिकारको व्यवस्था गरिएको छ । मतदाता परिचयपत्र वा अन्य पहिचान खुल्ने कागजात देखाएर पनि मतदान गर्न पाइने छ । आयोगले भनेको छ, ‘मतदातालाई सहजता प्रदान गर्ने अभिप्रायले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणपत्रमध्ये कुनै एक कागजात देखाएर मतदान गर्न दिने व्यवस्था गरिएको छ ।’
मतदातालाई यातायातको सुविधा:
यस्तै मतदाताको सहजताका लागि मतदान स्थलको निश्चित क्षेत्रबाहेक निर्वाचन सुरक्षामा असर नपर्ने गरी यातायात सञ्चालनको उपयुक्त प्रबन्ध मिलाएको छ। मतदातालाई यातायात सुविधा प्रदान गर्न गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ । मतदान हुने सम्बन्धित स्थानीय तह र वडामा सार्वजनिक बिदाका लागि आयोगले सम्बन्धित निकायलाई अनुरोधसमेत गरिसकेको छ।
त्यस्तै मतदान कार्य सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न, मतदातालाई भयमुक्त वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउन, मतदान केन्द्रमा शान्त र सहिष्णु वातावरण कायम आयोगले कडा निर्देशन दिएको छ। आयोगले भनेको छ, ‘मतदान कार्यलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्ने गराउने कार्यमा सबै राजनीतिक दल,मतदाता,उम्मेदवार, सञ्चारकर्मी, पर्यवेक्षकलगायत सबै सरोकारवालाको सहयोग हुनेछ।’ मतदानमा अवाञ्छनीय प्रभाव पार्ने र पार्न प्रयत्न गर्ने कार्य भए गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने आयोगले जनाएको छ।
मतदान स्थलका यस्ता छन् आचार संहिता
यस्तै उपनिर्वाचनलाई शान्तिपूर्ण बनाउन मतदानका दिन गर्नुपर्ने आचारसंहिता कडाइका साथ लागू गर्न पनि निर्देशन दिएको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न आयोगले सबैका अपिल गरेको छ। राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संगठन र सम्बन्धित व्यक्तिले निर्वाचन आचारसंहिता, २०७९ को दफा १८ बमोजिम देहायबमोजिमको कार्य नगर्न र नगराउन निर्वाचन आयोगबाट निर्देशन गरिएको छ ।
त्यस्तै मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिह्न वा मत संकेत भएको पहिरन वा ब्याज लगाउन नहुने । मतदान केन्द्रमा कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको सांकेतिक पोसाक र चिजवस्तु लगाउन,बोक्न वा देखाउन नहुने । मतदाता तथा आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारीबाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न नहुने।
कहिले हुन्छ मतगणना ?
यस्तै सबै मतपेटिका तोकिएको मतगणना स्थलमा संकलन गरिन्छ। त्यसपछि प्रक्रियाअनुसार मतगणना हुने छ । मतगणना परिणामबारे निर्वाचन आयोगको वेबसाइबाट हेर्न सकिने गरी व्यवस्था मिलाएको जनाएको छ ।
