Sidha Patra बुधबार, मंसिर १२, २०८१

दाङ । संघीय सांसद मेटमणी चौधरीले आफ्नो निर्वाचन क्षेत्रको घरहरुमा लगाइएका टिनका छानाको अवस्था बारेमा मंगलबार स्थलगत पुगेर अनुगमन गरेका छन् ।

पुर्व शहरी विकास मन्त्री समेत रहेका सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्र भित्र पर्ने घोराही उपमहानगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ५ को वडामा लगाइएको कुल ७ सय २५ घरहरुको अवस्था बारेमा स्थलगत पुगेर बुझेका हुन् ।

सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत टिनको छानो लगाएका नागरिकहरुसंग प्रत्येक्ष भेटघाट गरेर सम्पूर्णले टिन लगाएकि लगाएनन् ,टिन लगाउदा पाइने पहिलो किस्ता र दोस्रो किस्ता पाएकि पाएनन् भनेर सोधपुछ र अबस्था बारेमा बुझ्न आफू स्थलगत पुगेको सांसद चौधरीले बताए । स्थलगत पुगेर त्यहाँको बारेमा बुझ्दा,टिन लगाएका नागरिकहरुले आफुलाई भगवानको रुपमा मानेको बताए । तपाई हाम्रो लागी त भगवानकै रुपमा हुनुहुन्छ,भनेर त्यहाँका नागरिकले धेरै खुशी समेत व्यक्त गरेको सांसद चौधरीले बताए । उनले आफ्नो निर्वाचन क्षेत्रमा कुल ९ हजार घरधुरी रहेको र अहिलेसम्म ४५ सय घरधुरीमा टिन लगाइसकेको र अब बाकी ४५ सय घरधुरीमा दुई वर्ष भित्र कम्पलिट गर्ने बताए ।

त्यस्तै घरमा टिनको छानो लगाएका केहि नागरिकले समयमा रकम नपाउनुको कारण स्थानीय पालिकाहरुले समयमा भवन डिभिजन कार्यालयमा रिपोर्टहरु नपठाउदा यस्तो समस्या आएको बताए । पलिले सबै जिल्लाको रिपोर्ट आएपछि मात्र बजेट निकास गर्ने सिस्टम थियो भने अब जुन जिल्लाले पहिले रिपोर्ट पठाउछ,उक्त जिल्लाको पहिले काम गर्ने सिस्टम आएको हुँदा अब समस्या नहुने सांसद चौधरीले सिधा-पत्र डटकमलाई बताए ।

सांसद चौधरी २०७४ सालको निर्वाचनमा खरको छानो हटाएर सबैको घरमा टिनको छाना लगाइ दिने प्रमुख एजेन्डा बनाएर दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेर चुनावमा हुम्मिएका थिए । उक्त एजेन्डा बोकेर प्रचारप्रसारमा हिड्ने समय धेरैले असम्भव एजेन्डा भनेर पट्याएका थिएनन् । तर उनले चुनाव जितेर उक्त एजेन्डालाई राष्ट्रिय एजेन्डा बनाएर अहिले आफ्नो निर्वाचन क्षेत्रमा टिनको छानो लगाउने अभियानलाई निरन्तर दिएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]