
Pbu
Srbpu
Rgp
pku
Unsku
Ggp
Sgr
Lnp
Rgp1

Bbbpu
Gst
Vor
Rgu
Sbs
Rsb
nsb
Sls
Hal
Rgu
Pvg
Bbu
Asm
Tsm
Ggd
Ssm
Rgs
Ksm
Wsp

Jmb
sab
Rmb
Ptm
Abd
Mks
Rpp
Jmb
Syp
Bml
bbt
Pls
Gsb
दाङ । हिंसा रहित समाज निर्माणको उद्देश्य सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबारदेखि शुरु भएको छ ।
तुलसीपुर उपमहानगरपालिकाले पनि सोमबारदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरेको हो । महिला, बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा र विभिन्न संघ-संस्थाको सहकार्यमा अभियानको उद्घाटन गरिएको हो ।
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) टिकाराम खड्काको संरक्षकत्व र उपमेयर स्यानी चौधरीको अध्यक्षतामा अभियानको उद्घाटन भएको हो । कार्यक्रममा मेयर खड्काले महिला हिंसा अन्त्यका लागि समाजमा चरित्र र चेतनाको विकास अपरिहार्य रहेको बताए । उनले सबै वर्ग र समुदायका नागरिकलाई महिला हिंसा विरुद्धको अभियानमा सहभागी हुन आग्रह गरे ।
त्यस्तै नगर उपप्रमुख चौधरीले अशिक्षालाई महिला हिंसाको मुख्य कारण भन्दै शिक्षित समाज निर्माणको महत्वमा जोड दिइन । उनले महिला हिंसा अन्त्य गर्न शिक्षा र चेतनाको विस्तार आवश्यक भएको बताइन । अधिकारकर्मी सुष्मा लामिछानेले लैङ्गिक हिंसा विरुद्धको अभियानको महत्वलाई उजागर गर्दै तुलसीपुर इलाका प्रहरी कार्यालयमा दर्ता भएका हिंसा सम्बन्धी मुद्दाहरूको तथ्याङ्क प्रस्तुत गरेकी थिइन् ।
यस्तै आर्थिक वर्ष २०८०/ ८१ मा १५६ वटा मुद्दा दर्ता भएका छन्, जसमध्ये ५० वटा घरेलु हिस्सा सम्बन्धी रहेका छन् । २०७९८० मा महिला हिस्सा सम्बन्धी २५५ मुद्दा दर्ता भएको बताइन । कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक अनिल ठकुरी,अपाङ्ग सुधार समाजका हुमाकान्त कँडेल,दलित सेवा सँगका किरण बिक, र ज्येष्ठ नागरिक समाज लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
सन् १९९१ मा क्यानडाबाट सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुँदै आएको छ । यसले हिंसाको सिकार भएका व्यक्तिहरूलाई न्याय दिन र समाजमा हिंसाका घटनाहरू न्यूनीकरण गर्न योगदान पुर्याउँदै आएको छ ।
महिला,बालबालिका तथा सामाजिक शाखाका सहायक पुष्पा शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षा शाखाका शिक्षा अधिकृत मन बहादुर खड्काले गरेका थिए ।
