Sidha Patra मंगलबार, मंसिर ११, २०८१

दाङ । हिंसा रहित समाज निर्माणको उद्देश्य सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबारदेखि शुरु भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले पनि सोमबारदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरेको हो । महिला, बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा र विभिन्न संघ-संस्थाको सहकार्यमा अभियानको उद्‌घाटन गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) टिकाराम खड्काको संरक्षकत्व र उपमेयर स्यानी चौधरीको अध्यक्षतामा अभियानको उद्‌घाटन भएको हो । कार्यक्रममा मेयर खड्काले महिला हिंसा अन्त्यका लागि समाजमा चरित्र र चेतनाको विकास अपरिहार्य रहेको बताए । उनले सबै वर्ग र समुदायका नागरिकलाई महिला हिंसा विरुद्धको अभियानमा सहभागी हुन आग्रह गरे ।

त्यस्तै नगर उपप्रमुख चौधरीले अशिक्षालाई महिला हिंसाको मुख्य कारण भन्दै शिक्षित समाज निर्माणको महत्वमा जोड दिइन । उनले महिला हिंसा अन्त्य गर्न शिक्षा र चेतनाको विस्तार आवश्यक भएको बताइन । अधिकारकर्मी सुष्मा लामिछानेले लैङ्गिक हिंसा विरुद्धको अभियानको महत्वलाई उजागर गर्दै तुलसीपुर इलाका प्रहरी कार्यालयमा दर्ता भएका हिंसा सम्बन्धी मुद्दाहरूको तथ्याङ्क प्रस्तुत गरेकी थिइन् ।

यस्तै आर्थिक वर्ष २०८०/ ८१ मा १५६ वटा मुद्दा दर्ता भएका छन्, जसमध्ये ५० वटा घरेलु हिस्सा सम्बन्धी रहेका छन् । २०७९८० मा महिला हिस्सा सम्बन्धी २५५ मुद्दा दर्ता भएको बताइन । कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक अनिल ठकुरी,अपाङ्ग सुधार समाजका हुमाकान्त कँडेल,दलित सेवा सँगका किरण बिक, र ज्येष्ठ नागरिक समाज लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

सन् १९९१ मा क्यानडाबाट सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुँदै आएको छ । यसले हिंसाको सिकार भएका व्यक्तिहरूलाई न्याय दिन र समाजमा हिंसाका घटनाहरू न्यूनीकरण गर्न योगदान पुर्‍याउँदै आएको छ ।

महिला,बालबालिका तथा सामाजिक शाखाका सहायक पुष्पा शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षा शाखाका शिक्षा अधिकृत मन बहादुर खड्काले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]