
Sds
Rbs
mbd
Mbdvs
Pbu
Gisld

Rgs
Bbu
Ssm
nsb
Sls
Gst
Rgu
Ggd
Tsm
Asm
Rgu
Wsp
Bbbpu
Rsb
Pvg
Vor
Sbs
Hal
Ksm

Rpp
Gsb
Ptm
Pls
Rmb
Jmb
Jmb
Syp
sab
bbt
Abd
Bml
Mks
दाङ । पतन्जलि याेग नगर समिति लमहीकाे आयाेजनामा राप्ती गा.पामा रहेको निलसागर बृद्ध आश्र्ममा रहनु भएका कुल २८ जना मानसिक सन्तुलन गुमाएका बृद्ध-बृद्धाहरुको लागि बुधबार एक समारोहबीच फलफूल बितरण गरिएको छ ।
समितिले उहाँहरुको लागि फलफूल,लुगा घुने र नुहाउने साबुन,खाजा स्वरुप बिस्कुट हस्तान्तरण गरिएको पतन्जलि याेग समिति जिल्लाका उपाध्यक्ष शाहाना श्रेष्ठले जानकारी दिनु भयो ।
योग नगर लमही समितिले झन्डै ३ हजार बराबरकाे सामाग्री आश्रमलाई हस्तान्तरण गरेको हाे । छैठो राष्ट्रिय याेगदिवसकाे अबसर पारेर साता ब्यापि कार्यक्रम अन्तरगत आज अन्तिम दिन साे कार्यक्रम गरिएको समितिले जनाएको छ । गराै याेग ,रहाै निराेग ,याेग गराै डटेर ,काेरना जान्छ हटेर भन्ने मुख्य नाराका साथ दिवस मनाइएको हाे । योग नगर लमही समितिका अध्यक्ष भेषराज भट्टराईको अध्यक्ष्यता तथा लमही न.पाका उपप्रमुख देबका बेल्बासेकाे प्रमुख आतिथ्यतामा फलफूल बितरण कार्यक्रम गरिएको हाे ।
बितरण पछि आयाेजित कार्यक्रममा बाेल्दै प्रमुख अतिथि बेल्बासेले सहयाेगि हातहरु अगाडि बढाउने बानिकाे बिकाश गर्न जरुरी रहेकाे भन्नुहुदै सानाे सहयाेगबाट ती असाय ,बृद्ध-बृद्धाहरुलाई ठुलाे मद्दत पुग्ने भएकाले दत्तचित्त भएर सहयाेग गर्न अन्य समुदायलाई आग्रह गर्नु भयाे । यस अघि समितिले लमहीमा रक्तदान कार्यक्रम समेत आयाेजना गरेकाे थियाे ।
