
pku
Srbpu
Ggp
Rgp
Sgr
Unsku
Lnp
Pbu
Rgp1

Sls
Asm
Hal
Wsp
Gst
Ggd
Ksm
Rgs
Bbbpu
Pvg
nsb
Rsb
Tsm
Ssm
Sbs
Bbu
Rgu
Rgu
Vor

Syp
Jmb
Pls
Rmb
bbt
Ptm
Mks
Abd
Rpp
sab
Bml
Gsb
Jmb
काठमाडौं । सरकारलाई निर्वाचन आयोगले १६ मंसिरमा स्थानीय तह उपनिर्वाचनमा मतदान सकिएपछि त्यसै दिन मतपेटिका ढुवानी व्यवस्था मिलाउन आग्रह गरेको छ।
सोमवार निर्वाचन आयुक्त सगुनशमशेर जबरा संयोजकत्वमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदान भएकै दिन मतपेटिकाहरू सुरक्षित रुपमा मतगणनास्थलसम्म ढुवानी र सुरक्षा गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयमार्फत् जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ।
त्यस्तै समितिले १३ मंसिरको राति १२ बजेदेखि प्रचार प्रसार निषेध अवधिमा पालना गर्नुपर्ने आचारसंहिताको पूर्ण पालना गर्न गराउन प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिने निर्णय पनि गरेको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले विज्ञप्तिमार्फत जानकारी दिएकी छन्।
यस्तै उपनिर्वाचनको दिन चुनाव हुने स्थानीय तहसँग जोडिएका राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन र निर्वाचनको स्वच्छतामा असर नपर्ने गरी मतदाता आवागमन सहज गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ । १६ मंसिरमा विभिन्न १३ जिल्लाका ४४ स्थानीय तहमा उपनिर्वाचन हुँदै छ।
