
cjs
Djs
pku
Sgr
Pes
Unsku
Rgp1
Gfs
Rgp
Ggp
Srbpu
sbs
Pbu
Lnp

nsb
Gst
Rgu
Sls
Vor
Bbbpu
Bbu
Asm
Rgu
Pvg
Sbs
Rgs
Rsb
Ssm
Tsm
Ksm
Wsp
Hal
Ggd

Bml
Mks
Gsb
Jmb
sab
Jmb
Rmb
Rpp
Ptm
Pls
Syp
Abd
bbt
काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् ।
सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका ट्रम्प २०२० को चुनावमा भने जो डेमोक्र्याट उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए ।
त्यसपछि पुनः यसवर्षको चुनावमा उम्मेदवारी दिएका ट्रम्पले डेमोक्र्याट उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेर दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन् । यद्यपि निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न बाँकी रहेको छ ।
त्यस्तै १० इलेक्टोरल भोट भएको विस्कन्सिन र ३ इलेक्टोरल भोट भएको अलस्कामा रिपब्लिकनको जित पक्का भएको छ । योसँगै राष्ट्रपतिमा ट्रम्पको इलेक्टोरल भोट २७९ पुगेको छ । जबकि राष्ट्रपति निर्वाचित हुनका लागि २७० इलेक्टोरल भोट भए पुग्छ । आगामी चार वर्ष उनले मुलुकको नेतृत्व गर्नेछन् । ७८ वर्षीय ट्रम्प एकपटक चुनाव हारिसकेपछि पुनः राष्ट्रपति बन्ने इतिहासकै दोस्रो व्यक्ति बन्ने भएका छन्।
