Sidha Patra सोमबार, कार्तिक १९, २०८१

दाङ । देउखुरीको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा सोमबार आज बिहान साढे ६ बजेतिर एक युवकको मृत्यु भएको छ ।

लमही – गढवा सडक खण्डमा लमहीबाट गढवा तर्फ जाँदै गरेको रा ७ प ४०७४ नम्बरको मोटरसाइकल लमही बजारको बैंक रोडमा अनियंत्रित हुँदा उनी गम्भीर घाइते भएका थिए ।

त्यस्तै मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर -५ कमलरोड सिसहनिया निवासी वर्ष २२ का प्रेम राना मगर रहेको वडा प्रहरी कार्यालय लमहीका (प्रमुख) प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।

मोटरसाइकल आफै अनियंत्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका राना मगरको लमही अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो । मृतक राना मगरको शव अहिले पोष्ट मार्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]