दाङ । राप्ती नदीमा डुबेर बेपत्ता भएका २४ वर्षीय
प्रदीप चौधरीको खोजी कार्य गर्नका लागि चितवन देखि गोताखोरको टिम आउने भएको छ ।
बिहीबार शस्त्र प्रहरी,नेपाल प्रहरी र स्थानीयले दिउँसो ३ बजेदेखि बेलुका ५ बजेसम्म खोजी कार्य गरेको थियो तर कुनै पत्तो नलागे पछि,शुक्रबार बिहान ११: बजेदेखि नेपाली सेना थप गरि,शस्त्र प्रहरी,नेपाल प्रहरी तथा स्थानीय बासीको संयुक्त सहकार्यमा चौधरीको खोजी कार्य भएको थियो ।
आज भएको खोजी कार्यमा कुनै अत्तोपत्तो नलागेपछि ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले जिल्ला प्रमुख अधिकारीसंग टेलीफोन मार्फत गोताखोर उपलब्ध गराउन अनुरोध गर्नु भएको हो । उक्त अनुरोध पछि शनिबार चौधरीको खोजी कार्यको लागि गोताखोर उपलब्ध गराइदिने प्रमुख अधिकारीबाट जानकारी प्राप्त भएको र सो गोताखोरको टिम ल्याएर चौधरीको खोजी कार्य शनिबार बिहान १०/११ बजेदेखि गरिने प्रहरी निरीक्षक भट्टले सिधापत्रलाई जानकारी दिनु भयो ।