
Bsbus
Pbu
Jsbus
dsbus
Csbus
Ksbus
Gsl
gms
Ssbus
Rsbus
bpmhl
Bksbus5
Ksbus
Nssbus7
Ssbus
Lsbus
Gsbus
Ksbus
Ssbus
नगरकोटदेखि दुवाकोटसम्म स्थलगत निरिक्षण

Pvg
Rgu
Hal
Sbs
Bbu
Wsp
Rgu
Sls
Bbbpu
Ssm
Gst
Tsm
Ksm
Rsb
Ggd
Rgs
Asm
Vor
nsb

Mks
Rmb
bbt
Jmb
Abd
Rpp
Pls
Ptm
Jmb
sab
Gsb
Syp
Bml
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोनाभाइरस सङ्क्रमितहरुका क्वारेन्टाइन निर्माणका लागि विभिन्न स्थानहरुको स्थलगत निरिक्षण गरेका छन् । मन्त्री भट्टराईले बुधबार काठमाडौंको नगरकोट, दुवाकोट र पशुपति धर्मशालाको स्थलगत निरिक्षण गरेर सरोकारवालाहरुसँग छलफल गरेका हुन् ।
पर्यटन मन्त्री भट्टराई सरकारले गठन गरेको क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक समेत हुन् । भट्टराईको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको कोरोना भाइरस (कोभिड–१९०) सम्बन्धी क्वारेन्टाइन व्यवस्थापन मापदण्ड–२०७६ यसअघि (१० चैत२०७६ ) नै स्वीकृत भइसकेको छ । नोभल कोभिड–१९ रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिले क्वारेन्टाइन व्यवस्थापन मापदण्ड, २०७६ स्वीकृत गरेको हो ।
क्वारेन्टाइन व्यवस्थापन मापदण्ड–२०७६ तयार पारेर स्वीकृत भए लगत्तै मन्त्री क्वारेन्टाइन निर्माणका लागि दौडधुपमा छन् । मंगलबार पनि दिनभरी जसो क्वारेन्टाइन निर्माणका लागि स्थलगत निरिक्षण र छलफलमा जुटेका मन्त्री भट्टराईले बुधबार बिहान ८ बजे नगरकोट पुगेका थिए । मन्त्री भट्टराईले नगरकोट पुगेर नगरकोटका होटल व्यवसायी र सरोकारवाला निकायका प्रमुखहरुसँग क्वारेन्टाइन निर्माणका लागि छलफल गरेका थिए । मन्त्री भट्टराईले विश्व र मानव समाज नै गम्भिर संकटबाट गुज्रिरहेको उल्लेख गर्दै यो संकटबाट मुत्ती पाउन सबैको सहकार्य, सहयोग र समन्वय भएको बताए ।
छलफलमा मन्त्री भट्टराईले नगरकोटका होटल व्यवसायीहरुलाई उयपुक्त होटलहरु क्वारेन्टाइन निर्माणका लागि दिन आग्रह गरे । मन्त्री भट्टराईसँगको छलफलपछि व्यवसायीहरुले होटललाई क्वारेन्टाइन निर्माणका लागि दिन तयार रहेको प्रतिबद्धता जनाए ।नगरकोटमा करिब २ हजार कोठाहरु उपलब्ध रहेको छ । ती मध्ये पहिलो चरणमा ५ सय कोठाहरुलाई क्वारेन्टाइन निर्माण गरिने भएको छ । नगरकोटका होटलहरुमा क्वारेन्टाइन निर्माणका लागि व्यवसायी, स्थानीय प्रशासन, चारवटै सुरक्षा निकायका प्रतिनिधिहरु रहेको समिति बनाइएको छ ।
यसै गरी बुधबार नै मन्त्री भट्टराईले भक्तपुरको दुवाकोट स्थित काठमाडौं मेडिकल कलेजको पनि निरिक्षण गरेका छन् । त्यहाँ मन्त्री भट्टराईले दुवाकोटमा व्यवसायी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, चाँगुनारायण नगरपालिकाका मेयर र स्थानीय जनप्रतिनिधिहरुसँग छलफल गरेका थिए । दुवाकोटमा क्वारेन्टाइनको लागि ४ सय ५० बेड र आइसोलेसनको लागि ५ वार्ड तयारी अवस्थामा राखिएको छ ।यसैगरी त्यस लगत्तै मन्त्री भट्टराईले पशुपती क्षेत्रमा धर्मशालाको पनि स्थलगत निरिक्षण गरे । धर्मशालामा ७० जनाको लागी क्वारेन्टाइन गर्न सक्ने क्षमताको धर्मशाला तयारी अवस्थामा राखिएको छ । मंगलबार मन्त्री मन्त्री भट्टराईले ललितपुर स्थित कर्मचारी प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र ललितपुरकै हात्तीबन स्थित लिटिल एन्जल स्कुलको निरिक्षण गरेका थिए ।
१ लाख ३० हजार क्वारेन्टाइन निर्माणको तयारी
मन्त्री भट्टराईले अन्तराष्ट्रिय मापदण्ड अनुसारको १ लाख ३० हजार क्वारेन्टाइन निर्माणको तयारी भइरहेको बताए । मन्त्री भट्टराईका अनुसार संघीय सरकारले ५ हजार क्वारेन्टाइन, सबै प्रदेश सरकारले २÷२ हजार, ६ वटा महानगरपालिकाले २÷२ हजार, उपमहानगरपालिकाले १ हजार क्वारेन्टाइन बनाउने गरी तयारी भइरहेको छ । यसैगरी ७७ जिल्ला मध्ये हिमाली जिल्लाले ५ सय, पहाडी जिल्लाले १ हजार र तराईका जिल्लाले २÷२ हजार क्वारेन्टाइन निर्माणको तयारी रहेको छ ।
‘क्वारेन्टाइन प्रयोगको दिन नआओस्’
मन्त्री भट्टराईले क्वारेन्टाइन निर्माणका लागि तिव्र काम भइरहेको भएपनि क्वारेन्टाइन प्रयोगको अवस्था नआउने विश्वास समेत व्यक्त गरे । उनले भने, ‘मलाई विश्वास छ, हामी सबैको सचेतना, सुरक्षा र सहकार्यले यी क्वारेन्टाइनको प्रयोगको अवस्था आउने छैन ।’
मन्त्री भट्टराईले कोरोनाभाइरस सङ्क्रण रोक्ने प्रमुख आधार नागरिकहरुको ‘सेल्फ’ सुरक्षा, सचेतना र अनुशासन नै भएको उल्लेख गर्दै तोकिएको समयमा घरमै बस्न आह्रवान समेत गरे । आफू सचेत र सुरक्षित हुनु नै आफ्नो परिवार, समाज, देश र विश्वलाई सुरक्षित राख्नु भएको बताउदै लक डाउनको नियम र अनुशासन मान्न अनुरोध समेत गरे ।
