Sidha Patra बुधबार, पुष २९, २०७७

दाङ । यसपटक माघे संक्रान्तिलाई लक्षीत गर्दै होटल पौवाले आफ्ना सबै शाखाहरुबाट माघीको परिकार खुवाउने भएको छ । आगामी माघ १ गते माघे संक्रान्तिका दिन होटल पौवाका हरेक शाखाहरुमा परम्परा देखि खाईंदै आएको परिकारहरु ग्राहकहरुका लागि निशुल्क खुवाउन थालिएको होटल पौवाले जनाएको छ ।

पौवा गु्रपका अनुसार जुन जुन स्थानमा पौवाका शाखाहरु छन् सोहि शाखा रहेको स्थानमा स्थानीयले परम्परा देखि खाँदै आएको परिकार ग्राहकहरुलाई खुवाउन लागिएको हो । थारु समुदायमा माघीको प्रमुख परिकार ढिक्री, माछाको अचार, खिचडी, तरुल, सखरखण्ड सबै शाखाहरुमा उपलब्ध हुुनेछन् भने पाल्पा र योगीकुटी तिलोत्तमामा मगर समुदायको माघी स्पेशल सेलरोटी र लोकल अचार पनि ग्राहकका लागि उपलब्ध हुनेछन् । परम्परालाई निरन्तरता दिन र नेपाली संस्कृतिको जगेर्ना गर्न चाड अनुसारको स्वाद कार्यक्रम अगाडी ल्याईएको होटल पौवाका प्रमुख संचालन अधिकृत कृष्ण गौतमले जानकारी दिनु भयो । होटल पौवाले कर्णाली प्रदेशको जुम्ला सहित लुम्बिनी प्रदेशको दाङ, कपिलवस्तु, रुपन्देही, पाल्पा र गुल्मीमा गरि ८ वटा शाखा संचालन गर्दै आएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी भालुबाङमा फागुन महिना सम्ममा सुबिधा सम्पन्न होटल संचालनमा ल्याउने तयारीमा रहेको होटल पौवाका प्रबन्धनिर्देशक विष्णु ज्ञवालीले बताउनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]