ईराधा झाक्री/राप्ती बुधबार, आश्विन ०९, २०८१

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा पहिलोपटक मिनि चिस्यान केन्द्र स्थापना भएको छ । नर्ती वन वातावरण बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडको स्वामित्वमा रहने गरि राप्ती गाउँपालिकाकाे ६ लाख ६६ हजार र संस्थाको २ लाख २२ हजार गरि कुल ८ लाख ८८ हजार रुपैयाँ लागतमा साे केन्द्रकाे स्थापना गरिएको हाे ।

राप्ती गाउँपालिका वडा नम्बर ८ नयाँबजारमा स्थापना गरिएको केन्द्रकाे मंगलबार लुम्बिनी प्रदेश सांसद इन्द्रजित थारुले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बाेल्दै सांसद थारुले चिस्यान केन्द्रको स्थापना हुनु यस क्षेत्रका कृषिहरुकाे लागि महत्वपूर्ण उपलब्धि भएको बताए ।अहिलेको युगमा कृषि क्षेत्रको आधुनिकीकरण अपरिहार्य रहेको बताउदै संसद थारूले यस किसिमका संरचनाहरूले कृषकहरूको उत्पादन क्षमतामा वृद्धि गर्न र उनीहरूको आर्थिक अवस्थालाई सबल बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । त्यस्तै सांसद थारूले सरकार कृषकहरूको हितका लागि सधैं तत्पर रहेको र यस्ता परियोजनाहरूको माध्यमबाट कृषकहरूको जीवनस्तर उकास्न प्रयासरत रहेको बताए ।

कार्यक्रम राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले चिस्यान केन्द्रकाे स्थापनाले स्थानीय कृषकहरूको उत्पादनलाई दीर्घकालसम्म सुरक्षित राख्न मद्दत गर्ने र त्यसबाट उनीहरूले आफ्नो उपजको उचित मूल्य प्राप्त गर्न सक्ने बताए ।चिस्यान केन्द्र स्थापना भएसँगै यस क्षेत्रका कृषकहरूले भाेग्नु परेका समस्याहरुबाट मुक्त हुने अध्यक्ष विष्टको विश्वास रहेको छ । यस्तै उनले चिस्यान केन्द्रको सफल सञ्चालन र दिगो उपयोगिताको कामनासहित स्थानीय कृषकहरूलाई यसको अधिकतम लाभ उठाउन आग्रह गरे ।

४ मेट्रिक टन भण्डारण क्षमता भएको चिस्यान केन्द्रमा कृषकहरूले उत्पादन गरेका तरकारी, फलफूल लगायतका बस्तुहरु भण्डारण गरिने संस्थाका सचिव हरि प्रसाद भुसालले जानकारी दिए । गाउँपालिकाकाे कृषि शाखा सँग समन्वय गरि न्यून भण्डारण शुल्क निर्धारण गरिने संस्थाका सचिव भुसालले जानकारी दिए ।

पालिकाले गत वर्षदेखि नै साे चिस्यान केन्द्र नजिकै तरकारी संकलन तथा बिक्री केन्द्र स्थापना गरि सञ्चालन गरेको छ भने कृषि एम्बुलेन्स खरिद गरि सञ्चालनकाे तयारी समेत गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]